Sunday 11th January 2026

गुगलले अब एन्ड्रोइडको वदलामा फुचसिया अपरेटिङ सिष्टम ल्याउने


तितोपाटी – गुगलका इन्जिनियरहरूको एक टिमले करिब २ वर्ष यता नयाँ अपरेटिङ सिस्टमका लागि कार्य गरिरहेको खुलासा भएको छ । ब्लुमबर्गले आफ्नो एक रिपोर्टमा बताए अनुसार उक्त प्रोजेक्टको नाम फुचसिया हो र यसले आगामी दिनमा हाल प्रचलित गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमलाई प्रतिस्थापन गर्नेछ ।
यसले हाल एन्ड्रोइडमा भएका सुरक्षासँग सम्बन्धित सबै कमी–कमजोरीलाई हटाउनेछ र सानो तथा ठूलो सबै स्क्रिन रिजोल्युसनलाई समेत सपोर्ट गर्नेछ । आगामी ३ वर्षभित्रै उक्त नयाँ अपरेटिङ सिस्टम प्रयोगमा आउने अनुमान गरिएको छ ।

नयाँ अपरेटिङ सिष्टमलाई इनहाउस ग्याजेटदेखि लिएर पिक्सेल फोन तथा स्मार्टफोन सबैमा प्रयोग गर्न सकिनेछ । हाल विश्वभर करिब ८५ प्रतिशत स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग भैरहेको छ । यद्यपि १० प्रतिशत मानिस मात्र एन्ड्रोइडको नयाँ फिचर अपडेट गर्न सक्छन् । नयाँ अपरेटिङ सिष्टमले यी सबै कमी पुरा गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...