Saturday 28th March 2026

कैलालीमा गाइलार्इ करणी गर्ने एक जना पक्राउ


तितोपाटी – कैलालीको लम्कीचुहा नगरपालिका २ मोतिपुरमा गोठमा बाधेको गाइलाई करणीको प्रयास गरीरहेका अवस्थामा एकजनालाई रंगेहात छोपी प्रहरीलाई बुझाएका छन ।

लगातार करीब ६-७ महिना देखि गोठमा गाई असहज भएको, गोठको बस्तुस्थीतिमा शंका लागेपछि लम्कीचुहा नगरपालिका वडा नम्बर २ का गाईमालिक पदम बहादुर बुढा सत्य कुरा पत्तालगाउन गएराति गोठमा लुकेर बसेका थिए ।

राति करीब २ बजेको समयमा एक जना गोठ भित्र पसेर गाइका खुट्टा बाधि करणीको लागि तयार गदै गरेको मौकामा कालिया ( नाम परिर्बतन ) लाई गाईमालिक पदम बुढाले छोपेर सामान्य कुटपिट समेत गरेका थिए । आफ्नो नियन्त्रणमा लिएका कालिया ( नाम परिर्बतन ) लाई इलाका प्रहरी कार्यालय लम्कीलाई बुझाएको बताएका छन ।

अन्दाजि ३०-३५ बर्षिया आरोपित कालिया मोतिपुरको एक स्थानियको ट्याक्टर चालकको रुपमा काम गदै आएका थिए । प्रहरीको नियन्त्रणमा रहेका कालियालाई आजै जिल्ला चलान गरीएको छ ।

पिडित गाई मालिक पदम बहादुर बुढाले भने करीब ६-७ महिना देखि आफ्नो गाई करणी हुदै आएको आरोप लगाएका छन । उनले भने हदै सम्मको कारबाहिकालागि ईलाका प्रहरीमा मुद्धा दर्ता समेत गरेको बताएका छन ।

यता इलाका प्रहरी कार्यालय लम्कीले भने गाई करणी भएको ठोस आधार नभएको गाईलाइ बन्धक मात्र बनाएकोले थप अनुसंधान सहित कारबाहिको लागि जिल्ला प्रहरी कार्यालय चलान गरेको बताएको छ ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...