Friday 7th November 2025

अमेरिकाले रूसलार्इ प्रतिबन्ध लगाउने


तितोपाटी – पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको छ।

बेलायतको एक अनुसन्धानले नर्व एजेन्ट हमलामा रुस दोषी रहेको ठहर गरेपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको हो। तर रुसले भने आक्रमणमा संलग्नता नरहेकाे बताउँदै अाएकाे छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नार्टले रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै रासायनिक हतियारको प्रयोग गरेकाले रूसमाथि प्रतिबन्ध लगाइने बताए। प्रतिबन्ध अाउँदाे अगस्ट २२ देखि लागू हुने जानकारी उनले दिए। यो प्रतिबन्ध इलेक्ट्रिोनिक सामान र अन्य प्रविधिहरु निर्यातसँग सम्बन्धित हुने छ।


सम्बन्धित शीर्षकहरु

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

प्रतिकृयाहरू
...