Friday 19th December 2025

इन्डोनेसियामा भूकम्पबाट मर्नेको संख्या १६४ पुग्यो


तितोपाटी – इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।

उद्धारकर्ताहरू भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगत्तै यो संख्या बढेर १६४ पुगेको सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

भूकम्प गएको चार दिनपछि पनि भूकम्पले अति प्रभाव पारेको क्षेत्रमा उद्धार प्रयास हुन नसकेको बताइएको छ । यसकारण त्यस क्षेत्रबाट जीवित व्यक्तिको उद्धारको आशा पनि कम भएको जनाइएको छ । भूकम्पको कारण विस्थापित भएका केही व्यक्तिले अझै सहयोग नपाएको गुनासो पनि गरेका छन् ।

विशेषगरी उत्तर र पश्चिम लोम्बोकका भूकम्पपीडितलाई सहयोग पु¥याउन नसकिएको राष्ट्रिय प्रकोप निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बिहीबार ट्विट गरी जानकारी दिएका छन् ।

यस भूकम्पमा परी १६४ व्यक्तिको मृत्यु भएको पुष्टि भएको नुग्रोहोले एएफपी समाचार समितिलाई बताए । साथै यस भूकम्पमा परी करिब १ हजार ४ सय व्यक्ति गम्भीर घाइते भएका र १ लाख ५० हजार विस्थापित भएका पनि नुग्रोरोले बताए । भूकम्पका कारण घरबास गुमाएका व्यक्तिहरूलाई शिविर बनाएर राखिएको छ ।

ती व्यक्ति स्थानीय शरणार्थी स्थलमा बसोबास गर्न बाध्य भएका र यी भूकम्पपीडितलाई खाद्यपदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने स्थानको समेत कमी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसमा परी हालसम्म भएका क्षतिको विवरण आइरहेको छ । यस भूकम्पको केन्द्रबिन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिरो रहेको बताइएको छ ।

इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको भने खतरा नरहेको जनाएको छ । इन्डोनेसियामा यसै क्षेत्रमा गत साता आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको थियो ।

सन् २००४ को डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

प्रतिकृयाहरू
...