Sunday 11th January 2026

सामसुङ ग्यालेक्सी नोट ९ अाजदेखि बजारमा


तितोपाटी – दक्षिण कोरियाली कम्पनी सामसङले आज आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन सार्वजनिक गर्दैछ । फोन लञ्च हुनु अघि नै नयाँ फोनका केही विशेषताहरू लिक भएका छन् ।

जसअनुसार उक्त फोनमा पाँच सय १२ जीबीको स्टोरेज हुनेछ जुन अहिलेसम्म कुनै पनि फोनमा उपलब्ध छैन । यसका साथै फोनमा 4000mah को पावर ब्याट्रि पनि दिइएको छ ।

यसका साथै ग्यालेक्सी नोट नाइनसँगै फिचर भएको फोन एस–पेन पनि दिइएको छ जुन ब्लूटुथ कनेक्टिभिटी र रिमोट कन्ट्रोल फंक्शनसहित आउनेछ ।

रिपोर्ट अनुसार यो फोनको एक सय २८ जीबी र पाँच सय १२ जीबी स्टोरेज भएको भेरियन्ट रुसमा उपलब्ध छ । यो फोनले पाँच सय १२ जीबीसम्मको माइक्रो एसडीसम्मको कार्ड पनि सपोर्ट गर्ने बताइएको छ । जसअनुसार फोनको स्टोरेज १ टीबीसम्म बढाउन सकिन्छ ।

यस्ता छन् सम्भावित विशेषताः

सामसङको नयाँ फोनमा ६.३८ इन्चको  डिस्प्ले, स्न्यापड्रेगन आठ सय ४५ एसओसी प्रोसेसर, ६ जीबी र्याम र एक सय २८ जीबी÷पाँच सय १२ जीबी स्टोरेज हुनसक्छ । यसमा आठ मेगापिस्केसलको फ्रन्ट क्यामरा र १२+१२ मेगापिक्सलको रियर क्यामरा हुनसक्ने अनुमान गरिएको छ ।

विन फ्युचरको एक रिपोर्ट अनुसार एक सय २८ जीबी फोनको सुरुवाती मूल्य नौ सय ३५ पाउन्ड अर्थात् लगभग एक लाख ३३ हजार रुपैयाँ तोकिएको छ । यस्तै गरी पाँच सय १२ जीबी मोडलको एक हजार एक सय १५ पाउन्ड अर्थात् एक लाख ५८ हजार नेपाली रुपैयाँ अनुमान गरेको छ ।

यद्यपी, लिक भएको नयाँ जानकारी अनुसार यो फोन त्यति महँगो हुँदैन । उक्त जानकारी अनुसार एक सय २८ जीबी नोट नाइनको मूल्य आठ सय ९९ पाउन्ड अर्थात् एक लाख २७ हजार रुपैयाँ बताइएको छ भने पाँच सय १२ जीबी मोडलको एक हजार ९९ पाउन्ड अर्थात् एक लाख ५६ हजार मूल्य रहने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...