Thursday 6th November 2025

इन्डोनेसियाको भूकम्पमा मर्नेको संख्या १३१ पुग्यो, १ लाख ५६ हजार भन्दा बढी विस्थापित


तितोपाटी – इन्डोनेसियाको लोम्बोकमा गत आइतबार गएको शक्तिशाली भूकम्पमा बुधबारसम्म १ सय ३१ को मृत्यु भइसकेको जनाइएको छ  भने  भूकम्पका कारण १ लाख ५६ हजार व्यक्ति विस्थापित भएका छन् । यस्तै, २ सय ३६ घाइते भएका छन् भने कतिपय अझै पनि बेपत्ता रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने राष्ट्रिय प्रकोप नियन्त्रण विभागले जनाएको छ । ७० हजारले आफ्नो घरबास गुमाएका छन् ।

शिविरमा राखिएका प्रभावितलाई खाद्यपदार्थ, औषधि र सफा खानेपानीलगायत कमी भएको अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइएको छ ।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा गत आइतवार बेलुका ७ म्याग्नीच्युडको भूकम्प गएको हो।  सोही क्षेत्रमा गत साता आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...