Monday 9th February 2026

छोरीको हत्या अभियोगमा बाबु अामा सहित एकै घरका ४ जना पक्राउ


तितोपाटी – छोरीको हत्या अभियोगमा बारामा प्रहरीले बाबु आमासहित एकै घरका चार जना सदस्यलाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका ५ घुसुकपुर टोल बस्ने १७ बर्षिया प्रियंकाकुमारी मिश्रको हत्यामा संलग्नको आरोपमा उनको बाबुआमा सहित ४ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रियंकाको बाबु ब्रजकिशोर मिश्र, आमा पुष्पादेवी मिश्र, काका हरिकिशोर मिश्र र रामनाथ मिश्रलाई पक्राउ गरेको हो ।

प्रियंकाको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले गम्भीर ढंगले अनुसन्धान गरिरहेको थियो । ‘भूमिका शंकास्पद देखिएकोले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले भने । ‘घटनामा परिवारको भूमिका शंकास्पद देखिएको छ’ उनले भने ‘ त्यही भएर उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं ।’

असार १२ गते बेलुका उपचारको लागि वीरगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको बताइएपनि प्रियंकाको हत्या भएको दावी स्थानीयले गरेका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धान पछि साउन २१ गते उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको छ । बारा जिल्ला अदालतबाट म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

विश्व राजनीति यतिबेला एकैसाथ युद्ध, वार्ता, प्रतिबन्ध र आन्तरिक असन्तोष को जटिल घेराभित्र फसेको देखिन्छ। मध्यपूर्वको गाजा, ओमानमा भएको अमेरिका–इरान…

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

प्रतिकृयाहरू
...