Thursday 15th January 2026

छोरीको हत्या अभियोगमा बाबु अामा सहित एकै घरका ४ जना पक्राउ


तितोपाटी – छोरीको हत्या अभियोगमा बारामा प्रहरीले बाबु आमासहित एकै घरका चार जना सदस्यलाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका ५ घुसुकपुर टोल बस्ने १७ बर्षिया प्रियंकाकुमारी मिश्रको हत्यामा संलग्नको आरोपमा उनको बाबुआमा सहित ४ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रियंकाको बाबु ब्रजकिशोर मिश्र, आमा पुष्पादेवी मिश्र, काका हरिकिशोर मिश्र र रामनाथ मिश्रलाई पक्राउ गरेको हो ।

प्रियंकाको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले गम्भीर ढंगले अनुसन्धान गरिरहेको थियो । ‘भूमिका शंकास्पद देखिएकोले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले भने । ‘घटनामा परिवारको भूमिका शंकास्पद देखिएको छ’ उनले भने ‘ त्यही भएर उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं ।’

असार १२ गते बेलुका उपचारको लागि वीरगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको बताइएपनि प्रियंकाको हत्या भएको दावी स्थानीयले गरेका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धान पछि साउन २१ गते उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको छ । बारा जिल्ला अदालतबाट म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...