Tuesday 5th August 2025

श्रृंखलावद्ध महिला हिंसा विरुद्ध राप्रपाको प्रदर्शन


तितोपाटी- लगातार रुपमा बलात्कार लगायत महिला हिंसाका घटना घटिरहेको तर सरकारले रोकथाम गर्न नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

केहि समय यता देशका विभिन्न स्थानमा श्रृंङखलावद्ध रुपमा बलात्कारका घटना घट्दा समेत सरकारले रोकथामको प्रयास नगरेको भन्दै प्रदर्शन गरिएको हो ।

काठमाडौँको बबरमहलबाट शुरु भएको प्रदर्शन माइतिघर मण्डालामा पुगेर कोणशभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनका सहभागीहरुले नारी अस्मिताको रक्षा गर, बलात्कारीलाई कारबाही गर, संविधानमा लेखिएको महिला हक सम्बन्धि अधिकारहरुलाई तुरुन्त ऐन बनाई कार्यान्नयन गर लगायतका नारा लगाएका थिए ।

उनीहरुले महिलामाथि भैरहेका श्रृंखलावद्ध बलात्कार हिंसा र हत्याका घटना रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

अमेरिकामा एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्माएका छन्। यो सबैभन्दा पुरानो भ्रूण हो जसबाट बच्चा…

प्रतिकृयाहरू
...