Friday 3rd April 2026

दाङमा खोलाले बस बगाउँदा १५ जना घाइते, ५ जना गम्भीर


तितोपाटी – दाङमा यात्रुबाहक बसलाई खोलाले बगाउँदा १५ जना यात्रु घाइते भएका छन् ।

आइतबार भएको दुर्घटनामा घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ ।

घाइते मध्ये गम्भिर घाइते दाङ तुलसीपुर उपमहानगरपालिका २ बालापुर निवासी ४० बर्षका दोर्ण देवकोटा, उनकी श्रीमती ३८ बर्षकी होमा देवकोटा, तुलसीपुर उपमहानगरपालिका – १५ डुरुवा निवासी २२ बर्षकी प्रतिभा पौडेल, सुर्खेत दशरथपुर गाउँपालिका बस्ने बर्ष २२ का दीपक दर्लामी र उनकी श्रीमती कृष्णा पौडेललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएका छन् ।
उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको हो ।

त्यसैगरी अन्य घाइतेहरु तुलसीपुर उपमहानगरपालिका– ७ वसन्तपुरका मिनबहादुर वली, शानितनगर गाउँपालिका– २ बस्ने ३५ बर्षका खलकुमारी बस्नेत, रुकुम धर्मशाला गाउँपालिका निवासी ६५ वर्षकी पुर्ण रोका, कैलाली लागीचुवा नगरपालिका बस्ने १८ वर्षका सुवाश चौधरी, तुलसीपुर उपमहानगरपालिका – ८ निवासी ५० वर्षकी बिमलादेवी विक, तुलसीपुर उपमहानगरपालिका , ५ बसर्पाक निवासी ३८ की द्रौपता परियार, सोही ठाउँकी लक्ष्मी परियार, घोराही उपमहागनरपालिका – १९ निवासी विजय बुढा, सोही ठाउँकी ५१ बर्षीय ज्योति बुढाको राप्ती अञ्चल अस्पतलामा उपचार पछि डस्चार्ज गरिएको प्रहरीले बताएको छ ।

धनगढीबाट दाङको तुलसीपुरका लागि छुटेको ना४ख ८१३६ नम्बरको बसलाई तुलसीपुर – घोराही सडक खण्ड अन्र्तगत ग्वारखोलामा आएको बाढीले वगाएको थियो ।

बसमा रहेका यात्रलाई नेपाल प्रहरी, स्थानीय बासीले उद्धार गरेका थिए । बसमा १८ जना यात्रु सवार रहेको पहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...