Friday 3rd April 2026

पर्वतमा बस दुर्घटना हुँदा १६ जना घाइते, ६ जना गम्भीर


तितोपाटी – मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नम्बरको बस सडकबाट करिब ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार छजना गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अञ्चल अस्पताल लगिएको छ।

अन्य घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ भने बसचालक प्रहरीको नियन्त्रणमा रहेको छ। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए। रासस


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...