Tuesday 17th March 2026

बंगलादेशमा मोबाइल इन्टरनेट बन्द


तितोपाटी – बंगलादेशमा भइरहेको विद्यार्थीहरूको व्यापक प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ। ढाका नजिकैको जिगाताला भन्ने ठाउँमा शनिबार भएको प्रदर्शनले उग्ररूप लिएपछि कम्तीमा १ सय घाइते भएका थिए।

तीव्र गतिको एउटा सवारीसाधनको ठक्करबाट आफ्ना दुई साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बंगलादेशको राजधानी ढाकाका कतिपय ठाउँमा विद्यार्थीले आन्दोलन चर्काइरहेका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्याँस प्रहार गरेको थियो।

घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको थियो। देशको सबैभन्दा बढी बिक्री हुने अखबार प्रथम आलोले पनि प्रदर्शन हिंसात्मक भएसँगै शनिबार अबेरदेखि इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ। प्रदर्शनका कारण यहाँ सडक ठप्प भएका छन्। शान्तिपूर्ण रूपमा चल्दै आएको उक्त आन्दोलन हाल हिंसात्मक बन्न पुगेको छ। केही विद्यार्थीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको हो। उनीहरूले न्यायाधीश र उच्च अधिकारीका गाडी पनि बाटोमा रोकिएका छन्।

बंगलादेशको यातायात क्षेत्र निकै भ्रष्ट मानिन्छ। यहाँ चालक अनुमतिपत्र नभएरै कतिपयले गाडी चलाइरहेका भेटिन्छन्। दर्ता नगरिएका गाडी पनि सडकमा गुडिरहेका भेटिन्छन्। बंगलादेशमा सडक दुर्घटनामा वार्षिक १२ हजार व्यक्तिको ज्यान जाने गरेको छ। सन् २००९ देखि बंगलादेशमा शेख हसीनाको सरकार छ। विद्यार्थीको यो प्रदर्शनले हसीनाको सरकार अप्ठेरो परेको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...