Tuesday 30th April 2024

रेस्लिङका सुपरस्टार केन राजनीतिमा पनि, बने मेयर


तितोपाटी – वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्लूडब्लूई)का सुपर स्टार केनले दोस्रो इनिङ सुरु गरेका छन् । रेस्लिङको रिङका बादशाह केन (ग्लेन ज्याकोव) अहिले राजनीतिमा सक्रिय भएका छन् । उनी अमेरिकी सहर नक्स काउन्टीको मेयरमा निर्वाचित भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार केन आफ्ना प्रतिद्वन्द्वीलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

रेस्लिङको रिङमा धेरैलाई पराजित गरेका केनले राजनीतिक यात्राको पहिलो प्रयासमा सफलता हात पारे । उनले ५१ हजार आठ सय चार मत ल्याउँदा डेमोक्रेट उम्मेदवार लिन्डा हेनीले २६ हजार दुई सय २४ भोट प्राप्त गरे । केनले ल्याएको मत ६६ प्रतिशत हो । डब्लूडब्लूईले आफ्नो आधिकारिक ट्विटरमार्फत केनलाई सफलताको शुभकामना दिएको छ ।

अघिल्लो वर्ष केन रेस्लिङको रिङमा कमै मात्र देखिने गरेका थिए । उनले नक्स काउन्टीको मेयरका लागि निकै तयारी गरेका थिए । रेस्लिङ प्रतियोगितामा सहभागिता जनाउनुभन्दा उनी चुनावी रणनीति बनाउन व्यस्त रहे । उनले पछिल्ला केही वर्षमा मात्र राजनीतिमा हात हालेका होइनन् । उनी धेरै वर्षदेखि राजनीतिमा सक्रिय थिए । तर, उनले कहिल्यै पनि राजनीतिलाई रिङमा छिर्न दिएनन् । उनले आफ्नो राजनीतिक पाटोलाई सदैव लुकाएर राखे ।

मेयरमा निर्वाचित भएपछि केन अब केही समय टेलिभिजनमा नदेखिने भएका छन् । मुलुककै चौथो आम्दानी गर्ने सहरका रूपमा परिचित नक्स काउन्टीलाई अझ परिस्कृत बनाउने अभियानमा लाग्नुपर्ने भएकाले केही समय डब्लूडब्लूईको रिङमा नफर्किने केनले बताए । उनी मेयरमा निर्वाचित हुने डब्लूडब्लूईका दोस्रो रेस्लर हुन् ।

केनभन्दा अघि सन् १९९१ मा जेस बेचुरा ब्रुकलिन पार्कका मेयरमा निर्वाचित भएका थिए । सन् १९९५ सम्म मेयर रहेका उनी सन् १९९० देखि २००३ सम्म त्यहाँको गभर्नर पनि बनेका थिए । मेयरको कार्यकाल पूरा गरेपछि डब्लूडब्लूईको रिङमा फर्किएका उनी गभर्नर भएपछि भने रिङमा फर्किएनन् ।


सम्बन्धित शीर्षकहरु

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय…

७ बुँदे घोषणापत्र जारीगर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा सम्पन्न भएको छ । अप्रिल २७ देखि सुरुभएको…

एजेन्सी- ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ। हमास नेता याह्या सिनवारका अनुसार…

प्रतिकृयाहरू
...