Friday 19th December 2025

भेनेजुएलाका राष्ट्रपतिको ड्रोनमार्फत हत्याको प्रयास


तितोपाटी – भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो विस्फोटक ड्रोन हमलामा मुस्किलले बाँच्न सफल भएका छन्।

राजधानी कराकासमा आयोजित एक सैन्य कार्यक्रमलाई सम्वोधन गरिरहेको समयमा ड्रोन विस्फोट भएको थियो। विस्फोटमा राष्ट्रपति सुरक्षित रहेको अधिकारीहरुले बताएका छन्।

राष्ट्रपति मदुरोको हत्याको प्रयास भएको भेनेजुएलाका सञ्चारमन्त्री जर्ज राड्रिग्जले बताएका छन्। उनका अनुसार यस घटनामा सात सैनिक घाइते भएका छन्।

खुला स्थानमा भएको सेनाको एक कार्यक्रमलाई राष्ट्रपति मदुरोले भाषण गरिरहेका थिए। भिडियोमा देखिए अनुसार अचानक सबै मानिसहरुले माथी हेर्दा हेर्दै घटना भएको थियो। सैनिकहरु भाग्दै गरेको दृष्य समेत देखिएको छ। विस्फोटक पदार्थले भरिएका दुई ड्रोन राष्ट्रपतिले सम्वोधन गरिरहेको पोडिम नजिकै पुगेका थिए।

आफ्नो हत्या प्रयास अमेरिका र कोलम्वियाले गरेको मदुरोले आरोप लगाएका छन्। यो विस्पोटको जिम्मेवारी कसैले लिएको छैन। घटनापछि राष्ट्रपतिले मन्त्री र सैनिक अधिकारीसँग वैठक बसेका छन्।


सम्बन्धित शीर्षकहरु

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

प्रतिकृयाहरू
...