Wednesday 14th January 2026

कैलालीमा फेरी १३ वर्षीया किशोरी बलात्कृत


तितोपाटी – कैलालीको लम्कीचुहामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानीमा १३ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी हुन्। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना भएको हो ।

साउन १७ गते चिसापानीका २० वर्षीय वसन्त बुढाले ती बालिकालाई बलात्कार गरेका थिए। छिमेकी बुढाले बलात्कार गरेको भन्दै पीडितका आफन्तले शनिबार साँझ प्रहरीमा उजुरी दिएको इलाका प्रहरी कार्यालय मोतिपुरकाले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक सुधपुछका क्रममा बुढाले बलात्कार गरेको स्विकारेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले शनिबार नै बुढालाई नियन्त्रणमा लिएको बताए ।

घटनाका आरोपी बुढालाई प्रहरीले जर्बरजस्ती करणी मुद्दा दर्ता गर्दै जिल्ला प्रहरी कार्यालयमा चलान गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...