Friday 3rd April 2026

कैलालीमा फेरी १३ वर्षीया किशोरी बलात्कृत


तितोपाटी – कैलालीको लम्कीचुहामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानीमा १३ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी हुन्। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना भएको हो ।

साउन १७ गते चिसापानीका २० वर्षीय वसन्त बुढाले ती बालिकालाई बलात्कार गरेका थिए। छिमेकी बुढाले बलात्कार गरेको भन्दै पीडितका आफन्तले शनिबार साँझ प्रहरीमा उजुरी दिएको इलाका प्रहरी कार्यालय मोतिपुरकाले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक सुधपुछका क्रममा बुढाले बलात्कार गरेको स्विकारेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले शनिबार नै बुढालाई नियन्त्रणमा लिएको बताए ।

घटनाका आरोपी बुढालाई प्रहरीले जर्बरजस्ती करणी मुद्दा दर्ता गर्दै जिल्ला प्रहरी कार्यालयमा चलान गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...