Tuesday 17th March 2026

उत्तर कोरियाको परमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम जारी


तितोपाटी – संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले तयार पार्न लगाएको एउटा अध्ययन प्रतिवेदनले राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको जनाएको छ। प्योङयाङले जहाजबाट गैरकानूनी रूपमा पेट्रोलियम पदार्थको ओसारपसारलाई ‘व्यापक रूपमा बढाएको’ र विदेशमा अस्त्र बेच्ने प्रयास पनि गरिरहेको सो प्रतिवेदनले उल्लेख गरेको छ।

स्वतन्त्र विज्ञहरूको समूहले उक्त गोप्य अध्ययन प्रतिवेदन सुरक्षा परिषद्लाई शुक्रवार बुझाएको हो भने  उत्तर कोरियाले उक्त प्रतिवेदनका नतिजाबारे अहिलेसम्म कुनै टिप्पणी गरिसकेको छैन।

गत हप्ता अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प प्रशासनसँगको न्यानो सम्बन्धका बावजुद उत्तर कोरियाले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरूको विकास गरिरहेको जस्तो देखिएको बताएका थिए। यसअघि ब्यालेष्टिक क्षेप्यास्त्र निर्माण गरिएको स्थानमै त्यस्तो गतिविधि जारी राखेको जासुसी भूउपग्रहबाट थाहा भएको उनीहरूले द वाशिङटन पोस्ट पत्रिकालाई बताएका थिए।

ट्रम्प र किमबीच गत जुनमा सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको थियो। भेटवार्तामा दुई नेताले कोरियाली प्रायःद्वीपलाई निरस्त्रीकरण गर्ने दिशामा मिलेर काम गर्ने सहमति गरेका थिए। त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट ‘अब पारमाणविक खतरा नरहेको’ बताएका थिए।

तर प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा कुनै ठोस प्रतिबद्धता विना सहमति गरेकोमा गत महिना उत्तर कोरियाली नेतासँगको भेटवार्तापछि ट्रम्पको आलोचना भएको थियो। पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई लिएर प्योङयाङले अहिले कैयौँ अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिबन्ध झेलिरहेको छ।

राष्ट्रसंघीय प्रतिबन्ध कार्यान्वयनको अनुगमन गर्दै आएका विज्ञहरूले सो प्रतिवेदन तयार पारेका हुन्।

प्रतिवेदनमा भनिएको छ, “उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरू रोकेको छैन र गैरकानूनी रूपमा जहाजबाट पेट्रोलियम पदार्थको ओसारपसारलाई व्यापक रूपमा बढाउनुका साथै सन् २०१८ मा कोइला ओसारपसार गर्दै सुरक्षा परिषद्को प्रस्ताव उल्लंघन गर्ने कामलाई निरन्तरता दिइरहेको छ।”


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...