Saturday 24th October 2026

कुवेतमा मैत्रिपूर्ण भलिबल खेल सम्पन्न, कल्याणकारी समाज प्रथम


बसन्त थापा-कल्याणकारी नेपाली युवा समाज र इण्डियन कम्युनिटी टिम बीच कुवेत स्थित मंगाफमा हिजो ०३ अगस्ट शुक्रवारको दिन आयोजना गरिएको भलिवल प्रतियोगितामा कल्याणकारी नेपाली युबा समाज प्रथम भएको छ ।

कुवेतमा रहेका २ वटा नेपाली टिम र १ भारतीय टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले मिक्स म्यादीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको थियो।

मैत्रीपुर्ण खेलमा जित हासिल गर्ने क्रममा सुबास श्रेष्ठको कप्तानिमा मैदान प्रबेश गरेको कल्याणकारीले पहिलो सेट जिते पनि दोस्रो सेटमा लय गुमाएको थियो तर अन्तिम सेट्मा पुन खेलमा फर्किन्दै जित निकाल्न सफल भएको थियो।

कुवेतको मंगाफ खेल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा कार्यक्रमको अथिति सुदूरपक्षिम सेवा समाज कुवेतका अध्यक्ष अमर खड़का तथा कल्याणकारी यूबा समाजका सल्लाहाकार बिकास सिंह ठकुरी रहेका थीए ।खेलको म्यान अफ दि म्याच भने कल्याणकारी समाजका खेलाडी कमल थापाले हात पारेका थीए।

विजयी टिम तथा खेलाडीहरूलाई प्रमुख अतिथिद्वारा प्रमाण पत्र प्रदान गरिएको थियो । कल्याणकारीनेपालीयुवा समाज कुवेतले स्थापना काल देखी खेलकुद क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि कुवेतमा रहेका खेलप्रेमीहरूलाई उत्साह र हौसला प्रदान गर्न विभिन्न समयमा खेलकुद प्रतियोगिता आयोजना गर्ने योजना रहेको अध्यक्ष अमर खड़काले बताएका छन।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...