Thursday 18th June 2026

कुवेतमा मैत्रिपूर्ण भलिबल खेल सम्पन्न, कल्याणकारी समाज प्रथम


बसन्त थापा-कल्याणकारी नेपाली युवा समाज र इण्डियन कम्युनिटी टिम बीच कुवेत स्थित मंगाफमा हिजो ०३ अगस्ट शुक्रवारको दिन आयोजना गरिएको भलिवल प्रतियोगितामा कल्याणकारी नेपाली युबा समाज प्रथम भएको छ ।

कुवेतमा रहेका २ वटा नेपाली टिम र १ भारतीय टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले मिक्स म्यादीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको थियो।

मैत्रीपुर्ण खेलमा जित हासिल गर्ने क्रममा सुबास श्रेष्ठको कप्तानिमा मैदान प्रबेश गरेको कल्याणकारीले पहिलो सेट जिते पनि दोस्रो सेटमा लय गुमाएको थियो तर अन्तिम सेट्मा पुन खेलमा फर्किन्दै जित निकाल्न सफल भएको थियो।

कुवेतको मंगाफ खेल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा कार्यक्रमको अथिति सुदूरपक्षिम सेवा समाज कुवेतका अध्यक्ष अमर खड़का तथा कल्याणकारी यूबा समाजका सल्लाहाकार बिकास सिंह ठकुरी रहेका थीए ।खेलको म्यान अफ दि म्याच भने कल्याणकारी समाजका खेलाडी कमल थापाले हात पारेका थीए।

विजयी टिम तथा खेलाडीहरूलाई प्रमुख अतिथिद्वारा प्रमाण पत्र प्रदान गरिएको थियो । कल्याणकारीनेपालीयुवा समाज कुवेतले स्थापना काल देखी खेलकुद क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि कुवेतमा रहेका खेलप्रेमीहरूलाई उत्साह र हौसला प्रदान गर्न विभिन्न समयमा खेलकुद प्रतियोगिता आयोजना गर्ने योजना रहेको अध्यक्ष अमर खड़काले बताएका छन।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट र लुलु एक्सचेन्जले कुवेतभरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्ने उद्देश्यसहित रणनीतिक सहकार्य घोषणा गरेका छन्। यस सहकार्यअन्तर्गत…

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

प्रतिकृयाहरू
...