Thursday 12th December 2024

कुवेतमा मैत्रिपूर्ण भलिबल खेल सम्पन्न, कल्याणकारी समाज प्रथम


बसन्त थापा-कल्याणकारी नेपाली युवा समाज र इण्डियन कम्युनिटी टिम बीच कुवेत स्थित मंगाफमा हिजो ०३ अगस्ट शुक्रवारको दिन आयोजना गरिएको भलिवल प्रतियोगितामा कल्याणकारी नेपाली युबा समाज प्रथम भएको छ ।

कुवेतमा रहेका २ वटा नेपाली टिम र १ भारतीय टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले मिक्स म्यादीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको थियो।

मैत्रीपुर्ण खेलमा जित हासिल गर्ने क्रममा सुबास श्रेष्ठको कप्तानिमा मैदान प्रबेश गरेको कल्याणकारीले पहिलो सेट जिते पनि दोस्रो सेटमा लय गुमाएको थियो तर अन्तिम सेट्मा पुन खेलमा फर्किन्दै जित निकाल्न सफल भएको थियो।

कुवेतको मंगाफ खेल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा कार्यक्रमको अथिति सुदूरपक्षिम सेवा समाज कुवेतका अध्यक्ष अमर खड़का तथा कल्याणकारी यूबा समाजका सल्लाहाकार बिकास सिंह ठकुरी रहेका थिए ।खेलको म्यान अफ दि म्याच भने कल्याणकारी समाजका खेलाडी कमल थापाले हात पारेका थीए।

विजयी टिम तथा खेलाडीहरूलाई प्रमुख अतिथिद्वारा प्रमाण पत्र प्रदान गरिएको थियो । कल्याणकारीनेपालीयुवा समाज कुवेतले स्थापना काल देखी खेलकुद क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि कुवेतमा रहेका खेलप्रेमीहरूलाई उत्साह र हौसला प्रदान गर्न विभिन्न समयमा खेलकुद प्रतियोगिता आयोजना गर्ने योजना रहेको अध्यक्ष अमर खड़काले बताएका छन।


सम्बन्धित शीर्षकहरु

-कतार, इराक र साउदी अरेबियाले इजरायलले सिरियामा कब्जा गरेको गोलान हाइट्स नजिकको जमिन कब्जा गरेकोमा इजरायली सेनाले देशभर हवाई हमला…

सिरियाको अवस्था यति छिटो परिवर्तन हुनेछ भन्ने धेरैलाई कल्पना थिएन। केही दिनमै शक्तिशाली देखिएका राष्ट्रपति बसर अल असद आफ्नो कुर्सी…

नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैदेशिक भातृ संगठन नेपाली जनप्रगतिशील मोर्चा कुवेतको प्रथम अधिवेशन आगामी १०…

प्रतिकृयाहरू
...