Tuesday 4th November 2025

तमू समाज कुवेत द्वारा सेप्टेम्बर २१ मा चौथो अधिवेशन र डिसेम्बर २८ मा ल्होसार हुने


तितोपाटी – “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर ‘२५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन आगामी २१ सेप्टेम्बरमा गर्ने समाज को अध्यक्ष खोप गुरुङ ले मिडिया मार्फत जानकारी दिएका छन।

समाज को आज ३ तरिक शुक्रबार बासेको बैठक भेला ले तमु हरु को महान पर्ब तमु ल्होसार पनि डिसेम्बर २८ तरिक २०१८ शुक्रबार दिन विभिन्न खेलकुद र संस्कृति कार्यक्रमको साथ धुमधाम तरिकाले मनाउने भएको छ। उक्त दिन कुनै पनी कार्यक्रम नजुधाइेदिन आयोजक तमु समाज कुबेत हार्दिक अनुरोध गर्दछ।

चौथो अधिवेशन समारोहलाई भव्य रुपमा सम्पन्न पर्न कुवेतमा क्रियाशील नेपाली संघ संस्था तथा समाजसेवी बुद्धिजीवी, कुवेतमा बसोवास गर्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, पत्रकार, कलाकर खेलाडी,सम्पूर्ण मा उपस्थित को लागि समाजले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमको विवरण:

मिति : २१ सेप्टेम्बर २०१८, शुक्रबार

स्थान : तय नभएको हल को खोजीमा

कार्यक्रम: समाज को चौथो अधिवेशन


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको…

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सिरियाका लागि विशेष दूतले इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको बताएका छन् किनभने हिज्बुल्लाहसँग अझै पनि…

प्रतिकृयाहरू
...