Friday 6th June 2025

जिफन्ट सपोर्ट ग्रुपकुवेत द्वारा ज्ञापन पत्र बुधवार बुझाउने


जिफन्ट सपोर्ट ग्रुप कुवेतले आउदो आइतबार प्राविधिक कारणले दुताबासमा ज्ञापनपत्र बुझाउन नसकिने बताएको छ |

आइतबार ज्ञापनपत्र बुझाउने समयतालिका भएपनि प्राविधिक कारणले गर्दा त्यसको ३ दिनपछि अर्थात् बुधबार (८ तारिख) कुवेतमा कार्यरत घरेलु महिला तथा पुरुष कामदारहरुको उल्लेख्य उपस्थितिमा ज्ञापनपत्र बुझाउने अध्यक्ष गणेश रावतले जानकारी दिए |

जिफन्ट सपोर्ट ग्रुप कुवेतले घरेलु कामदारले विदामा घर गएर फर्कन पाँउनु पर्ने माग गर्दै कुवेत स्थित नेपाली दुताबासमा ज्ञापनपत्र बुझाउने भएको हो | ज्ञापनपत्रमा कुवेतमा कार्यरत अन्य कामदारहरुको बिभिन्न समस्याहरु रहने बुझिएको छ |

कुवेतबाट विदामा घर फर्केका नेपाली घरेलु महिला तथा पुरुष कामदारले पुनः सोही रोजगारीमा फर्कन पाउनु पर्ने जिफन्ट सपोर्ट ग्रुप कुवेतले सरकार समक्ष जोडदार माग गरेको छ |

बर्षौ देखि घरेलु कामदारको रुपमा ड्राइभर, कुक र हाउस व्वाइ पुरुष तथा महिला बैधानिक बाटो प्रयोग गरि पटकपटक श्रम स्वीकृत लिई कुवेतमा काम गर्दै आएकाको बिशेष प्रकृति हेरेर नेपाली दूतावासले त्यस्ता घरेलु कामदारलाई श्रम स्वीकृति दिन श्रम बिभागलाई पत्र जारी गरिदिने व्यवस्था तत्काल सुरु गर्न जिफन्टले भनेको छ |

जिफन्ट कुवेतले यहाँ कार्यरत घरेलु महिला तथा पुरुष कामदारहरुलाई बुधबार बिहान ११ बजे कुवेत स्थित नेपाली दुताबासमा आउन पनि अनुरोध गरेको छ |

बिदामा आउने घरेलु कामदारहरुले सम्बन्धित पुरानै रोजगारी आफ्ना लागि सुरक्षित रहेको महशुस गरेर नै पुनः त्यही रोजगारीमा जान खोजेको प्रष्ट भएपनि सरकारले रोक्नु कामदारको हितमा नभएको जिफन्टको ठम्याई छ |

नेपाल सरकारले कुवेत, ओमन, यु.ए.ई, साउदी, कतार लगायत खाडी मुलुकमा नेपाली महिला तथा पुरुष कामदारहरुलाई घरेलु काममा जान र बिदामा घर आइसकेपछि उनीहरुलाई पुनः सम्बन्धित देशको पुरानै रोजगारीमा जान समेत रोक लगाएको छ |

सरकारले बैधानिक रुपमा घरेलु कामदार पठाउन रोक लगाएको भएपनि अबैध रुपमा अन्य बाटो प्रयोग गर्दै खाडी मुलुकमा भित्रने प्रवृति भने रोकिएको छैन |

नेपाली दुताबास कुवेतको तथ्यांक अनुसार करिब ४० हजार महिला तथा पुरुष नेपाली कामदार घरेलु कामदारका रुपमा रहेका छन् | बिगतदेखि नै कुवेतमा कार्यरत घरेलु कामदारहरुले विदामा घर फर्कन पाँउनु पर्ने माग गर्दै आएका छन् |


सम्बन्धित शीर्षकहरु

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

सिड्नी: आफ्ना अलग्गिएका पतिका तीन वृद्ध आफन्तहरूको हत्या गर्न विषालु च्याउ प्रयोग गरेको आरोप लागेकी एक अष्ट्रेलियाली महिलाले बुधबार घातक…

दक्षिण कोरियामा भइरहेको चुनावमा ठूलो उथलपुथल भएको छ। लिबरल पार्टीका उम्मेदवार ली जे-म्युङले अन्य उम्मेदवारहरू भन्दा निर्णायक अग्रता लिएका छन्।…

प्रतिकृयाहरू
...