Wednesday 14th January 2026

तेर्हथुममा ५४ वर्षीय व्यक्तिद्वारा १० वर्षे बालिका बलात्कृत


तितोपाटी –  तेर्हथुममा दश वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२ खाम्लालुङका ५४ वर्षीय चक्रबहादुर लिम्वुलाई प्रहरीले पक्राउ गरेको छ । जंगलमा गोठालो गएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा लिम्वुलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्वुले गत साउन ५ गते बालिकालाई बलात्कार गरेपनि घटना साउन ११ गते मात्र सार्वजनिक भएको थियो । आफु बलात्कृत भएको बारे बालिकाले जानकारी नगराएकाले घटना ढिलो गरी वाहिर आएको पीडित पक्षको भनाई छ ।

घटना सार्वजनिक भएपछि केही दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । उक्त घटना बारे स्थानीय अधिकारकर्मीले जानकारी पाएपछि उनीहरुकै अगुवाईमा प्रहरीमा जाहेरी दर्ता भएको हो । इलाका प्रहरी कार्यालय संक्रान्तीको रोहबरमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक बासुदेव यादवले वताए ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...