Friday 3rd April 2026

तेर्हथुममा ५४ वर्षीय व्यक्तिद्वारा १० वर्षे बालिका बलात्कृत


तितोपाटी –  तेर्हथुममा दश वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२ खाम्लालुङका ५४ वर्षीय चक्रबहादुर लिम्वुलाई प्रहरीले पक्राउ गरेको छ । जंगलमा गोठालो गएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा लिम्वुलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्वुले गत साउन ५ गते बालिकालाई बलात्कार गरेपनि घटना साउन ११ गते मात्र सार्वजनिक भएको थियो । आफु बलात्कृत भएको बारे बालिकाले जानकारी नगराएकाले घटना ढिलो गरी वाहिर आएको पीडित पक्षको भनाई छ ।

घटना सार्वजनिक भएपछि केही दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । उक्त घटना बारे स्थानीय अधिकारकर्मीले जानकारी पाएपछि उनीहरुकै अगुवाईमा प्रहरीमा जाहेरी दर्ता भएको हो । इलाका प्रहरी कार्यालय संक्रान्तीको रोहबरमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक बासुदेव यादवले वताए ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...