Tuesday 4th November 2025

सज्जन र बिमलाकाे ३३ किलो सुन तीज गीत सार्बजनिक ( भिडियो सहित )


चन्द्र बिश्वकर्मा, तितोपाटी – तीजको अवसर पारेर म्याग्दीका पुर्ब सञ्चारकर्मी एवं चर्चित लोक तथा दोहोरी गायक, मोडल सज्जन बोहरा र लाेक दाेहाेरी गायिका बिमला श्रीसले ३३ किलो सुन तीज गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन ।

बिगत केही वर्ष देखि संगीत क्षेत्रमा निरन्तर लागि परेका बोहराले दर्जनौं गीतमा स्वर दिएका छन भने दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेका छन । केही समय पहिले नेपालको सनसनीपुर्ण घटना ३३ किलो सुन काण्डलाई विषय बस्तु बनाएर पारिवारिक तथा सामाजिक विषय बस्तुमा तीज गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो । उक्त गीतको शब्द रचना प्रविण खत्रीले गरेका छन भने लय संकलन गायक सज्जन बोहराको रहेको छ ।

बिभिन्न म्युजिक भिडियोमा नृत्य तथा अभिनय गरेका बोहरालाई यसपटक भने फरक शैलीमा देख्न पाइएको छ । उक्त गीतमा गायक गायिका दुबैले अभिनय गरेका छन । उक्त गीतमा लोक तथा दोहोरी गायक सज्जन बोहरा र बिमला श्रीसको सुमधुर आवाज रहेको छ भने निर्देशन एकेन्द्र सारा शंकरले गरेका छन । उक्त गीत मेसना डिजिटल कम्पनीको प्रस्तुतिमा म्युजिक नेपालबाट युट्युबमा सार्बजनिक भएको छ ।

भिडियो हेर्नको लागि तलको लिकं क्लिक गर्नुहोस् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको…

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सिरियाका लागि विशेष दूतले इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको बताएका छन् किनभने हिज्बुल्लाहसँग अझै पनि…

प्रतिकृयाहरू
...