Monday 9th February 2026

कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी किशोरीको केश सिअाइबिले हेर्ने


तितोपाटी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्याका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली महेन्द्रनगर पुगेको छ ।

हत्याबारे भइरहेको अनुसन्धानमा सहयोग पुर्‍याउन सीआईबीको टोली महेन्द्रनगर पुगेको एसपी दिल्लीराज विष्टले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अगुंर जीसीको नेतृत्वमा तीन जनाको टोली महेन्द्रनगर आएको हो । टोलीमा एकजना प्रहरी निरीक्षक र एकजना प्रहरी नायव निरीक्षक रहेका छन् । टोलीले कञ्चनपुर प्रहरीसँग समन्वय गरेर घट्नाको अनुसन्धान गर्नेछ ।

‘सीआईबीले आवश्यक टेक्निकल सहयोग र घट्नाको अनुसन्धानमा समेत सहयोग गर्नेछ’ उनले भने । ‘घट्नाको सत्यतथ्य छिट्टै बाहिर ल्याउने हिसाबले हामीले अनुसन्धान अघि बढाएका छौं ।’ हत्या भएको चारदिन बितिसक्दा समेत अहिलेसम्म अपराधि पहिचान हुन नसक्दा महेन्द्रनगर तनावग्रूत बनेको छ । घटनामा प्रहरीले सक्रियता नदेखाएको भन्दै चौतर्फि विरोध भएपछि प्रहरीले सीआईबीको टोली महेन्द्रनगर पठाएको हो ।

आइतबारको संघीय संसद र प्रदेश सभा बैठकमा बोल्दै यस क्षेत्रका सांसदहरुले घट्नाको तत्काल सत्यतथ्य बाहिर ल्याउन र दोषिलाई कानुनी कठघरामा उभ्याउन माग गरेका थिए ।
प्रहरीका अनुसार अहिलेसम्म घटनाको अनुसन्धान गर्न केहीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । ‘हामीले शंकास्पद मानिसलाई नियन्त्रणमा लिएर सोधपुक्ष गरिरहेका छौं’ एसपी विष्टले भने, ‘छिट्टै अपराधी पत्ता लाग्ने छ ।’

बालिकाको शव भेटिएको दिनदेखि आन्दोलन शुरु भएकाले अनुसन्धानमा केही असहज भएको प्रहरीको भनाई छ । आइतबार पनि दिनभर अस्पताल परिसर तनावग्रस्त रह्यो । पीडित परिवारले शव उठाएर दाहसंस्कार गर्ने तयारी गरेपनि दिनभर स्थानीय र अन्य आन्दोलनकारीले शव उठाउन नदिएपछि अस्पताल परिषद दिनभरी तनावग्रस्त भएको हो ।

बालिकाकी आमा दुर्गादेवी पन्तले छोरीको दाहसंस्कार गर्न दिन भनिरहे पनि स्थानीयको दवावले दिनभर दाहसंस्कार हुन सकेन । ‘मेरो छोरीको निर्ममरुपले हत्या गर्ने दोषीलाई छोडनुहन्न’ उनले भनिन्, ‘मेरो छोरीको आत्माले न्याय पाउनुपर्छ ।’ बालिकाका बुवा भने राज्यपक्षले लिखित सहमति नगरेसम्म दाहसंस्कार नगर्ने अडानमा थिए ।

पीडित परिवारले घट्नाको सत्यतथ्य सार्वजनिक हुुनुपर्ने, घट्ना भएको क्षेत्र सुरक्षाका कारणले समेत संवदेनशिल रहेको भन्दै प्रहरी बिट स्थापना हुनुपर्ने र राहत तथा क्षतिपूर्ति दिइनुपर्ने माग गरेका थिए । हत्या भएको चारदिन बितिसक्दा पनि घट्नामा संलग्नहरुको पहिचान हुन सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

प्रतिकृयाहरू
...