Monday 9th June 2025

कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी किशोरीको केश सिअाइबिले हेर्ने


तितोपाटी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्याका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली महेन्द्रनगर पुगेको छ ।

हत्याबारे भइरहेको अनुसन्धानमा सहयोग पुर्‍याउन सीआईबीको टोली महेन्द्रनगर पुगेको एसपी दिल्लीराज विष्टले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अगुंर जीसीको नेतृत्वमा तीन जनाको टोली महेन्द्रनगर आएको हो । टोलीमा एकजना प्रहरी निरीक्षक र एकजना प्रहरी नायव निरीक्षक रहेका छन् । टोलीले कञ्चनपुर प्रहरीसँग समन्वय गरेर घट्नाको अनुसन्धान गर्नेछ ।

‘सीआईबीले आवश्यक टेक्निकल सहयोग र घट्नाको अनुसन्धानमा समेत सहयोग गर्नेछ’ उनले भने । ‘घट्नाको सत्यतथ्य छिट्टै बाहिर ल्याउने हिसाबले हामीले अनुसन्धान अघि बढाएका छौं ।’ हत्या भएको चारदिन बितिसक्दा समेत अहिलेसम्म अपराधि पहिचान हुन नसक्दा महेन्द्रनगर तनावग्रूत बनेको छ । घटनामा प्रहरीले सक्रियता नदेखाएको भन्दै चौतर्फि विरोध भएपछि प्रहरीले सीआईबीको टोली महेन्द्रनगर पठाएको हो ।

आइतबारको संघीय संसद र प्रदेश सभा बैठकमा बोल्दै यस क्षेत्रका सांसदहरुले घट्नाको तत्काल सत्यतथ्य बाहिर ल्याउन र दोषिलाई कानुनी कठघरामा उभ्याउन माग गरेका थिए ।
प्रहरीका अनुसार अहिलेसम्म घटनाको अनुसन्धान गर्न केहीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । ‘हामीले शंकास्पद मानिसलाई नियन्त्रणमा लिएर सोधपुक्ष गरिरहेका छौं’ एसपी विष्टले भने, ‘छिट्टै अपराधी पत्ता लाग्ने छ ।’

बालिकाको शव भेटिएको दिनदेखि आन्दोलन शुरु भएकाले अनुसन्धानमा केही असहज भएको प्रहरीको भनाई छ । आइतबार पनि दिनभर अस्पताल परिसर तनावग्रस्त रह्यो । पीडित परिवारले शव उठाएर दाहसंस्कार गर्ने तयारी गरेपनि दिनभर स्थानीय र अन्य आन्दोलनकारीले शव उठाउन नदिएपछि अस्पताल परिषद दिनभरी तनावग्रस्त भएको हो ।

बालिकाकी आमा दुर्गादेवी पन्तले छोरीको दाहसंस्कार गर्न दिन भनिरहे पनि स्थानीयको दवावले दिनभर दाहसंस्कार हुन सकेन । ‘मेरो छोरीको निर्ममरुपले हत्या गर्ने दोषीलाई छोडनुहन्न’ उनले भनिन्, ‘मेरो छोरीको आत्माले न्याय पाउनुपर्छ ।’ बालिकाका बुवा भने राज्यपक्षले लिखित सहमति नगरेसम्म दाहसंस्कार नगर्ने अडानमा थिए ।

पीडित परिवारले घट्नाको सत्यतथ्य सार्वजनिक हुुनुपर्ने, घट्ना भएको क्षेत्र सुरक्षाका कारणले समेत संवदेनशिल रहेको भन्दै प्रहरी बिट स्थापना हुनुपर्ने र राहत तथा क्षतिपूर्ति दिइनुपर्ने माग गरेका थिए । हत्या भएको चारदिन बितिसक्दा पनि घट्नामा संलग्नहरुको पहिचान हुन सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

प्रेमा ढुंगाना - परदेशी आफैँमा एक पीडित शव्द हो। परदेशीले भोग्ने पीडा सायदै स्वदेशमा बस्नेले बुझ्न सक्छन्। यहाँ छोडिएको छ…

कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक, वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गर्ने उद्देश्यले राजदूतावासले यही मिति ०६…

कमल राष्ट्रिय सुकर्म पुरस्कार जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार, साहित्यिक पत्रकार, प्रखर समालोचक मोहन दुवाललाई प्रदान गरिएको छ। शिक्षा…

प्रतिकृयाहरू
...