Sunday 14th September 2025

बस दुर्घटना अपडेटः ७ को मत्यु, २५ घाइते


तितोपाटी – काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको यात्रुबाहक बस ट्रक सँग ठोकिएर खोंचमा खस्दा खस्दा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला ३ पुरुष र १ बच्चा रहेको बताईएको छ ।ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताएअनुसार बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकबाट एक सय मिटर तल खसेको हो ।

ना ६ ख २५०६ नम्बरको यात्रुबहाक बस र ना ५ प ७४०९ नम्बरको ट्रक एक अापसमा ठोक्किदा बस खसेकाे उनले बताए।

हाल यात्रुहरुको उद्धार जारी रहेको छ ।

२५ जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर पठाएकाे डिएसपी ढकाले बताए। ट्रकसँग ठाेक्किएर बस सडकदेखि लगभग ७० मिटर तल त्रिशुली नदी तर्फ खसेकाे छ।
घटनास्थलमा रहेका उद्धारकर्ताका अनुसार बस खाेँचमा अड्केका कारण नदीमा पुग्नबाट राेकिएकाे हाे। उद्धारकार्य सकिएकाे प्रहरीले जानकारी दिएकाे छ।
ढकालका अनुसार अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको हो।

सम्बन्धित शीर्षकहरु

जेएन जी को दुई माग मध्ये ओली सरकारले राजीनाम अघि एउटा पुरा गरिसकेको थियो । अर्को माग करप्सन को हो…

इजरायलले बुधबार यमनी राजधानी साना र उत्तरी प्रान्त अल-जौफमा आक्रमण गरेको थियो, हुथी मिडियाले आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु भएको…

नेपाली सेनाले देशभरको विषम परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा र कर्फ्यू पालना गर्न आम नागरिकलाई अपिल गरेको छ। सेनाले आन्दोलनको नाममा…

प्रतिकृयाहरू
...