Monday 12th May 2025

तेर्हथुममा जंगली फल एेसेलु बेचेर पनि कराेडाैं अाम्दानी


तितोपाटी – जंगली फल ऐसेलु संकलन साथै विक्री गरि गाउ“का कृषकहरुले दुई महिनाको अबधीमा एक करोड बढी आम्दानी गरेका छन्। स्थानीयहरुले जंगलमा टिपेको ऐसेलु संखुवासभाको टुटेमा सञ्चालित मकालु वाइन कम्पनीलाई विक्री गरि यती धेरै रकम हात पारेका हुन्।

पेय पदार्थ वाइन् बनाउनका निम्ती प्रयोग हुने कच्चा पदार्थ ऐसेलु विक्री गरेर लालिगुराँस नगरपालिका सुङनामका कृषक पुन्य तिम्सिनाले दुई लाख बढीको आम्दानी गरे। यस क्षेत्रका सोल्मा, सुङनाम, सन्सारे, बसन्तपुर, फुलेक, दागपा, काटे लागायतका बासिन्दाले ऐसेलु विक्रि गरेर ५० लाख भन्दा बढी भित्राएको बताउँछन्। संखुवासभाको तामाफोक नौ टुटेमा खुलेको वाइन उद्योग तेह्रथुम, संखुवासभा र धनकुटाका वासिन्दाका लागि ऐसेलु विक्री गरेर गाउ“मै करोडौं रुपैंया भित्र्याउने माध्यम बनेको छ।

यस वर्ष वैशाखको दोश्रो सातावाट जंगलमा फलेको ऐसेलु टिपेर तामाफोक, मारेकटहरे, परेवादिन, आङदीम, हमरजुङ, फुलेक, लगायतका दर्जन बढी स्थानका बासिन्दाले ४० लाख बढी रुपैंया गाउ“मा भित्र्याएको उद्योगका संचालक सुजन श्रेष्ठले बताए। उनका अनुसार ‘ऐसेलुवाट उद्योगले ‘हिंवा’ ब्राण्डको वाइन उत्पादन हुने गरेको छ । जंगलमा निशुल्क टिप्न पाईने ऐसेलु प्रति केजी ५० रुपैंयाँ सम्ममा विक्री भए पछि किसानले नीजि र सामुदायीक वनमा ऐसेलुको व्यवसायीक खेती समेत सुरु गरेका छन्। गाउ“लेले ऐसेलु खरीद गरेर उद्योगलाई विक्री गर्ने विचौलीयाहरुले समेत दुई महिनाको अवधिमा लाखौं रुपैंया कमाई गरेका छन्।

ऐसेलुबाट किसानले राम्रो आम्दानी गर्न थालेपछि बन कार्यालयले समेत सामुदायीक बन मार्फत ऐसेलु खेती गर्न उपभोक्तालाई प्रोत्साहीत गरीरहेको तेह्रथुमका सहायक बन अधिकृत ललन यादवले बताए। गाउ“लेले जंगलमा टिपेको ऐसेलु खरीद गरेर उद्योग सम्म ल्याउने काममा मात्र यो सिजनमा १० जना बढी व्यापारी संलग्न छन्। उनीहरुले गाउ“ले संग प्रतिकेजी ५० रुपैंयामा ऐसेलु खरीद गरेर उद्योगलाई ६० रुपैंयाका दरले विक्री गर्दै आएका छन् । गाउ“लेले टिपेर ल्याएको ऐसेलु केलाउने, ड्रममा हालेर घोल्ने, प्रशोधन गर्ने लगायतका काममा एक सय वढी युवा युवतीले रोजगार पाएका छन् ।

जंगली वन पाखामा फली सकेर त्यसै खेर गईरहेको ऐसेलुवाट तयार भएको वाइनको पछिल्लो समय युरोपियन मुलुकबाट समेत माग आईरहेको उद्योगले जनाएको छ । तर जंगली फल ऐसेलु मौषममा आधारीत हुने भएकाले सधै एकैनासले उत्पादन हुदैन। कच्चा पदार्थ ऐसेलुको उत्पादनमै उतार चढाव भैरहने हुनाले मागे जती उत्पादन बजारमा पठाउन नसकीएको संचालक श्रेष्ठको भनाई छ। ऐसेलुबाट उद्योगले अहिले वार्षिक एक लाख ६६ हजार लिटर वाइन उत्पादन गर्दै आएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

प्रतिकृयाहरू
...