Friday 3rd April 2026

रसुवाको टिमुरेमा पहिरो जाँदा ४ जनाको मृत्यु, ५ वेपत्ता


तितोपाटी – रसुवाकाे गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राती पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् । पहिराेमा परी १२ जना घाइते छन् ।

बुधबार राति १ बजे पहिरो खस्दा २ वटा टहरा र एक होटेल पुरिएकोहाे। मृतकसिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका–५ का श्याम श्रेष्ठ, बिक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोशी–४ का रेशम खड्काको शव भेटिएकाे छ। बेपत्ता ५ जनाकाे खाेजी जारी छ। 

अविरल वर्षापछि गएको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा ४ जनाको ज्यान गएको छ भने ८ जना बेपत्ता भएका छन् ।  । बेपत्ता हुनेमा मंगल तामाङ, बिक्रम नेवार, सुसे खड्का, कामी घले, प्रसान ग्याल्मो घले, मिङ्मार तामाङ छन् । उद्दारका लागि दुई वटा स्काभेटर र डोजरको प्रयोग गरिएको छ ।

पहिरोमा पुरिएका १२ जनाको उद्दार गरिएको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको चिनियाँ क्याप्प र टिमुरे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । रातिको समयमा पहिरो गएका कारण क्षतिको एकिन विवरण आउन नसकेको बताइएको छ ।

पहिरोले टिमुरेस्थित प्रहरी बिट समेत पुरिएको छ। २ वटा कन्टेनर र एक ट्रकमा क्षति पुगेको छ।

घटनास्थलमा राति देखि नै उद्धार जारी छ। बिहानबाट थप सुरक्षाकर्मी परिचालन गरेर उद्धार र बेपत्ताको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।

घटनास्थल सदरमुकामबाट २५ किलोमिटर टाढा पर्छ। सदरमुकामबाट टिमुरे जाने बाटोको ठाउँ ठाउँमा पहिरो खसेको छ।

 


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...