Tuesday 17th February 2026

६ महिनामै जन्मियो जीवितै बच्चा, बच्चाको ताैल ३७५ ग्राम


तितोपाटी – सोसल मिडियामा हालै एक खबरले तहल्का मच्चाइरहेको छ । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ ।

हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् ।

छत्तिसगढको एक दम्पत्तिले ३ सय ७५ ग्रामकी छोरी जन्माएका हुन् । आमा निकिताले गर्भ रहेको २५ औँ हप्तामै छोरी जन्माएका कारण बच्चीको तौल यति कम भएको हो ।

डाक्टरका अनुसार सामान्य तालिका भन्दा ४ महिला पहिले बच्चीको जन्म भएको हो । बच्चीको लम्बाई २० सेन्टिमिटर मात्र रहेको छ । उनको जीउ यति सानो छ कि एक मुट्ठीमै समाउन सकिन्छ । आमा र बच्चाको स्वास्थ्य अहिले सामान्य रहेको डाक्टरहरुले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...