Monday 30th March 2026

बुवाले इज्जतका लागि छोरीलाई ज्यूँदै जलाए


तितोपाटी – भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीलाई उनकै बुवाले जिउँदै जलाएका छन् । पुलिसका अनुसार इज्जतका लागि हत्याको यो मामलामा युवतीले आफ्नो परिवारको इच्छाबिना विवाह गर्ने सोच बनाएकी थिइन् ।

शुक्रबार १९ वर्षीया युवती लक्ष्मी बाई आफ्ना प्रेमी राजकुमार लौवंशीको घर गएकी थिइन् । त्यहाँ लक्ष्मीलाई देखेर उनका पिता रिसाएर उनलाई घिसार्दै आफ्नो घर लगेको बताइएको छ  ।

पुलिसका अनुसार त्यसपछि उनका पिता सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टीतेल खन्याएर लक्ष्मीलाई आगो लगाइदिए । युवतीको घटनास्थलमा नै मृत्यु भयो । युवतीको बुवा र दाइ दुबैलाई पक्राउ गरिएको छ ।

पुलिस अधिक्षक रुचिवर्धन मिश्राले भने, ‘बुवा र दाइ दुबैलाई पक्राउ गरिसकिएको छ । हामीले घटनाको हरेक पक्षबाट अनुसन्धान गरिरहेका छौं । मानिसहरुको बयान लिदैछौं, त्यतिपछि मात्र थाहा हुन्छ कि के भएको थियो ।’

जानकारीका अनुसार युवती शुक्रबार खण्डवा कोर्टमा गएर विवाह गर्ने तयारीमा थिइन् । यसको जानकारी परिवारलाई भएको थियो जसका कारण यस्तो कदम उठाइयो ।

यस्तै युवतीकी आमा र केही छिमेकीले महिलाले आफै मट्टीतेल छर्किएर आत्महत्या गरेकी हुन् ।

युवतीकी आमा सुशिलाले भनिन्, ‘दुबै एक अर्कालाई प्रेम गर्दथे । त्यसकारण हामी उनीहरु विवाह गरुन् भन्ने चाहन्थ्यौं । उनीहरु अदालती विवाह गर्ने तयारीमा थिए । हामीले उनीहरुको परिवारसँग यसबारे कुरा गर्दा उनीहरुले छोरीको हत्या गरिदिने तर विवाह गर्न नदिने धम्की दिएका थिए । ’

-बीबीसी

सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...