Monday 6th January 2025

एक पटक यो मुलुकमा एकतन्त्रिय शासन व्यवस्था लागु हुनै पर्दछ


बालकृष्ण घिमिरे – २०४६ साल देखी २०७४ साल सम्म मात्रै काँग्रेश कती वर्ष , महिना र दिन सरकारमा बस्यो, त्यो समयको बिकास र उपलब्धीको लेखा जोखा गर्दै गरौला तर नेकपाको सरकारले पाचँ महिनामा खासै बिकास बिर्माणको काम गरेको छैन  यो अबधिमा उसले आगामी वर्ष राज्य सन्चालनका लागि निती , सिद्दान्त , कार्यक्रम र बजेट ल्याउदा मात्रै पनि काँग्रेशजनमा यत्रो कोकोहोलो र रुवावासी किन ? हो ओलीले सपना बाढे त्यो सपना कम्तिमा पाच वर्ष भित्र पुरा गर्न सकेनन् भने काँग्रेशलाई नै खुदो पल्टिन्छ । अर्को चुनावमा जनता ढाट्ने चट्पटे मसला बन्दछ । हुनत् पहिलो मनमोहन अधिकारिको कम्यूनिष्ट सरकारले होस् वा कम्यूनिष्ट सहितको मिलिजुली सरकार चलाऊदा होस् कांग्रेशिहरुको सात्तो गई सकेको छ रत् आज नेकपाले चार महिना सरकार सन्चालन गर्दै गर्दा अराष्ट्रिय तत्व र राष्ट्रघाती व्यक्तिहरु सँगको साठगाठमा कम्यूनिष्ट सरकार असफल पार्न काँग्रेश पार्टी भित्रका केही व्यक्ती ज्यान फालेर लागेका छन् ।

प्रजातन्त्र प्राप्ती पश्चात वर्षौ सम्म सरकार सन्चालनको चावी आफ्नो हातमा लिएर शिशु प्रजातन्त्र मात्रै भन्ने काँग्रेश २०५२ सालमा माओवादिलाई जंगल पठाएर टाउकाको मोल तोक्दै असफल मुलुक घोषणा गर्न र बनाउन सफल भएकोमा दुई मत नहोला ।२०५२ सालमा सशस्त्र युद्ध थाल्नुअघि उतिबेलाका प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालिन माओवादीले बुझाइएको ४० बुँदे मागपत्रलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले सकारात्मकरुपमा लीइदिएको भए आज यो मुलुकले चरम आर्थिक अभाव सँगै राजनैतिक द्वन्द भोग्नु पर्दैनथ्यो र सम्भवत देशले कायपटल फेर्दथ्यो  पटक पटक सत्तामा आसिन काँग्रेसका कारण मुलुक भष्टचारी र कमिशनखोरीहरुको अधिनस्त भएकोमा स्वयम् काँग्रेसका सच्चा बिद्ववानहरुले मात्रै हैन प्रजातन्त्रका हिमायती स्वर्गीय नेता गणेशमान सिंह , कृष्ण प्रसाद भट्टराई लगाएतका नेताहरुले सुईकारेका छन् । भष्टाचारी र तस्करीहरुको मिलेमहत्वमा राष्ट्रिय सम्पति तहसनहस पार्ने काँग्रेस र भष्ट्रका नाइके सरकारी कर्मचारीहरुका कारण आज मुलुक लुटिने क्रम सकिएको छैन् । प्रजातत्र प्राप्ति प्रश्चात असली प्रजातत्र भनेकै लुटतन्त्र हो भन्ने मान्यता राख्न अग्रिम भूमिका निभाउने केहि काँग्रेसीहरुका कारण आज अन्य दलहरुका केहि नेताहरु समेत प्रजातत्र र गणतन्त्र भनेकै लुटतन्त्र हो भन्नेमा विश्वस्त छन् ।

आज आएर पाचँ महिनामा नै बहुमतको कम्यूनिष्ट सरकारका बिरुध कुन आधार र नैतीक जिम्मेवारी बोकेर सडक आन्दोलनको ध्वास दिदैछ काँग्रेस ? सहन सिलतामा सुन्यता नभएको भए केहि भन्नु छैन , हैन भने सत्ता संचालनको क्रममा आफ्नो बिगतलाई फर्किएर किन हेर्दैन काँग्रेस ? भारतीय नाकावन्दी , सिमा अतिक्रमण , भारत वाट संचालित तराई मदेशको आन्दोलन , डाक्टर केसीको पटक पटकको अनसन , माथेमा आयोगको प्रतिवेदनमा लामो मोहनता , सिन्डिकेट धारी यातायात व्यवसायीको दादागिरी तथा माफिया भष्टाचारीहरुको दब्दवाहामा चुँ सम्म नगर्ने काँग्रेस आज किन जनताले तत् तत् का गल्तिको सजायको भागिदार बनाउदा समेत सत्ता भन्दा बाहिर रमाउन सक्दैन ? त्यसैले सम्वेदनसिल क्षेत्रमा कार्यरत केहि डाक्टरहरु ,यातायात व्यवसायी , सरकारी कर्मचारीहरु र देशमा अस्तिरता मात्रै चाहाने माफियाहरुलाई बोकेर वा उचालेर गर्ने आन्दोलनको औचित्य पूष्टि कसरी गर्ला काँग्रेशले ?

त्यसो त् हाल सरकारमा रहेको बहुमत वा दुई तिहाई प्राप्त दल र ति दलका केहि नेता वा मन्त्रीहरु गाईको गहुत छर्किएर चोख्याईएका मात्रै हुन् , उनीहरु अन्तर आत्मा देखि चोखिएका छैनन् । उनीहरुमा पनि लुटतन्त्र हावी नभएको हैन । काँग्रेस संगको सहकार्यमा होस् वा अरु कुनै दल सँगको मिलेमहत्वमा बनेको सरकारका पालामा होस् उनीहरुले पनि राष्ट्रिय सम्पतिको दोहन नगरेको प्रमाण नहोला । ति र त्यस्ताहरुको पहिचान नेकपाका द्वय अध्क्षय र नेतृत्वले गरि कुईएको बोरा वाट एक-दुई वटा आलु फ्याक्ने हिम्वत गर्नु सक्नु पर्दछ । र ‘राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित कार्यलाई बन्देज लगाउने जुनसुकै कार्यको सामाना गर्ने हिम्वत राख्नु पर्दछ ।
त्यसका लागि प्रमुख प्रतिपक्षले भन्ने गरेको दुईतिहाईको दम्भ वा अधिनायकवादी चरित्रको आरोप नै सहि , जनताको मतको कदर गर्दै संसद भित्र रहेका केहि माफियाका मतियारहरुलाई बाहिर निकालेरै भएपनि सम्विधान संशोधन गरेर संविधानमै निश्चित समय किटान गर्दै परि आए मुलुकमा एकतन्त्रिय शासन व्यवस्था लागु गर्न सक्नु पर्दछ। साच्चै यो सरकारले दुई तिहाइ मतको कदर गर्ने हो भने त्यो व्यवस्थाले कुनै पनि बहानामा लुटिएको राष्टिय सम्पति ( चाहे जो सुकेको । ) राष्टिय करण गर्न सक्नुपर्दछ। राजा तन्त्र , प्रजातन्त्र , लोकतन्त्र वा गणतन्त्र जे सुकैको नाम भजेर रातारात पुजीपति भएकाहरुलाई नांगेझार पार्न सक्नुपर्दछ

यो मुलुमा गराई खाने शोषक , सामन्ती र गरि खानेहरुको खाडल पुर्न सक्नुपर्दछ । तव मात्रै यहाँ माफिया , भष्टचारीहरुको अन्त्य हुने छ र साच्चिकै सुखी नेपाल , सम्बृद्ध नेपाली हुने छन् । तव मात्रै जनताले दिएको अभिमतको सम्मान र कदर हुने छ  अस्तु

बालकृष्ण घिमिरे
बनेपा काभ्रे


सम्बन्धित शीर्षकहरु

पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले जिल्ला अदालत कास्कीमा दायर भएको सूर्यदर्शन सहकारी ठगीको अभियोग माथि नै प्रश्न उठाएका…

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । लिबरल पार्टीको नयाँ नेता चयन…

निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवस तथा स्थानीय पर्व 'हाला फेब' को अवसर पारेर 'निरेम म्युजिक…

प्रतिकृयाहरू
...