Monday 30th March 2026

साबधान! कुवेतमा तपाइको बैंक खाताबाट पैसा चोरी होला नि


हरि कृष्ण न्यौपाने- कुवेतको केन्द्रिय बैंक(सेन्ट्रल बैंक अफ कुवेत)ले एक बिज्ञप्ती जारी गर्दै आफ्नो बैंक खाता र कार्डको सम्पूर्ण जानकारी सुरक्षित र गोप्य राख्न सम्पूर्ण सर्बसाधारणलाई आबहान गरेको छ।

पछील्ला केही दिनमा बैंक कार्ड मार्फत सम्बन्धित ब्यक्तिको बैंक खाता र अन्य जानकारी अरुले लिएर धेरै कुवेती तथा आप्रबासी नागरिकहरुको बैंक खाताबाट पैसा चोरी भए पछी कुवेतको केन्द्रिय बैंक(सेन्ट्रल बैंक अफ कुवेत)ले आफ्नो वेबसाइट र बिभिन्न संचार माध्यामबाट सबैलाई सचेत रहन आग्रह गरेको हो।

उक्त बिज्ञप्तीमा भनिएको छ”बिषेश गरी तपाईंले बैंक कार्ड(केनेट) मार्फत कुनै पनि ठाउँमा पैसा तिरी सके पछी उक्त सपिङ सेन्टर वा ब्यापारिक केन्द्रलाई उसको सिस्टम(पोइन्ट अफ सेल्स)मा तपाईंको बैंक कार्डलाई स्वाइप गर्न नदिनु होला,जसले तपाईंको बैंक खाता सम्बन्धी सम्पूर्ण सुचना लिनेछ र कसैले गलत प्रयोग गर्न सक्नेछ।”

यसै गरी गत महिना मात्र कुवेतको केन्द्रिय बैंक(सेन्ट्रल बैंक अफ कुवेत)ले एक बिज्ञप्ती निकाल्दै”टेलिफोन र ईमेल मार्फत तपाईंलाई ठुलो राशीको पुरस्कार पर्‍यो, केही पैसा बैंक कार्ड मार्फत तिर्नु होला” भन्ने झुटो आश्वासन दिने देखी सचेत रहदै आफ्नो बैंक खाता वा बैंक कार्डको जानकारी सुरक्षित राख्न अनी आफ्नो पासवर्ड र बैंक खाता नं अरुलाई नदिन सुचित गरेको थियो।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...