Sunday 11th January 2026

तमिल फिल्मकी नायिका प्रियंकाद्वारा झुण्डिएर अात्महत्या


तितोपाटी – भारतीय तमिल फिल्मकी चर्चित नायिका प्रियंकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । बताईएअनुसार प्रियंकाले वलासारावक्कम स्थि‍त आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

प्रि‍यंका तमिल फिल्ममा प्रख्यात रहेकी थिईन् ।प्रियंकाको मृत्युको बारेमा उनकी सहयोगीले बुधवार बिहान कोठाको पंखामा झुण्डिएको देखेपछि बताएकी हुन् । प्रियंकाको मृत्युको कारण घरेलु कलह हुन सक्ने उनको सहयोगीले बताएकी छिन् ।

भारतीय संचार माध्यमको अनुसार नायिका प्रियंकाले विवाह गरेको ३ बर्ष बितिसक्दा पनि संतान नभएको भन्दै परीवारमा वादविवाद हुने गरेको जसको कारण प्रियंकाले यस्तो निर्णय लिएको हुन सक्ने बताईएको छ ।उनको शरीरको पोष्टमार्टम पछि आत्महत्याको मूख्य कारण खुल्न सक्ने प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...