Thursday 19th February 2026

बलिवुडका अहंकारी नायिकाहरू


तितोपाटी – ग्ल्यामरको दुनियाँमा केही यस्ता बलिउड अभिनेत्री छन्, जो आफ्नो दमदार अभिनयका कारण चिनिन्छन् र सधैँ चर्चामा रहन्छन् । उनीहरूलाई मिडियाले पनि उत्तिकै पछ्याउँछन् । यसैबीच केही यस्ता अभिनेत्री पनि छन्, जो आफ्नो स्वभावका कारण अहंकारी भनेर चिनिन्छन् । आफ्नो अभिव्यक्तिका कारण विवादित पनि बन्ने गरेका छन् ।

राखी सावन्त
बलिउडमा अत्यधिक विवादित अभिनेत्री राखी सावन्तको चर्चा भइरहन्छ । उनलाई प्रायः विवादित बयान दिने अभिनेत्री भनेरै चिनिन्छ । घमण्डी बानीका कारण उनी विवादमा आउने गरेकी हुन् । राखीले निकैपटक मिडियाकर्मीलाई खत्तम, घटिया भनेकी छिन् । उनले मिडियाकर्मीलाई ‘वे’ भनेका कारण पनि उनलाई घमण्डी अभिनेत्री भन्ने गरिन्छ ।

क्याट्रिना कैफ
यस सूचीमा सबैभन्दा पहिलो नाम क्याट्रिना कैफको आउँछ । उनी यति घमण्डी छिन् कि एकपटक जेट एयरवेजको बिजनेस क्लासमा बसेर यात्रा गरिरहेकी थिइन् । उनी आराम गरिरहेका वेला एक बच्चा आएर ‘आन्टी अटोग्राफ प्लिज’ भनेका थिए । तर, बच्चाले धेरैपटक यसैगरी आग्रह गरिरहेपछि उनले आँखा खोलिन् र चिच्याएर बच्चालाई कराइन् । क्याट्रिना चिच्याएर कराएपछि बच्चा रुँदै फर्कियो । यसपछि प्लेनमा रहेका अन्य यात्रुले उनको खुब आलोचना गरे ।

श्रद्धा कपुर
सुपरहिट फिल्म ‘आशिकी २’ बाट युवाको सपनाकी राजकुमारी बनेकी अभिनेत्री श्रद्धा कपुरमा कहिलेकाहीँ देखिने खराब बानीले उनलाई पनि घमन्डी भनेर चिनाउने गरेको छ । मिडियाकर्मीले फोटो खिच्नका लागि अनुरोध गर्दा उनी आफ्नो ‘एटिच्युड’ देखाएर हिँड्छिन् ।

अनुष्का शर्मा
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी धर्मपत्नी साथै बलिउडमा तीनै खानहरूसँग काम गरिसकेकी अभिनेत्री अनुष्का शर्मा पनि घमण्डीको सूचीमा सामेल छिन् । एकपटक उनले मुम्बईमा एक सोरुम म्यानेजरलाई अति खराब व्यवहार गरेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...