Monday 30th March 2026

पर्वतमा २५ घर पुरिने गरि गएको पैरोमा परी १ जनाको मृत्यु, ६ जना घाइते


तितोपाटी – पर्वतको जलजला गाउँपालिका ८ बरेनेटामा गएराती पहिरोमा पुरिएर एक किशोरको मृत्यु भएको छ । राती करिब १ बजे घरमाथिबाट खसेको पहिरोमा पुरिएर १६ वर्षीय विकास परियारको ज्यान गएको हो । छन् ।

रातीदेखि हराइरहेका परियारको बिहान करिव ९ बजे पहिरोबाट शव निकालिएको थियो। पहिरोबाट जोगिन खोज्दा अरु ६ जना गम्भिर घाइते भएका छन्। पहिरो र स्थानीय लस्ती खोलाले कटान गर्दा २५ घर क्षतिग्रस्त छ। पहिरोका कारण रातीदेखि हराइरहेका ५ जना सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।

मंगलबार साँझदेखि परेको मुसलधारे वर्षा नरोकिएपछि लस्ती बजारबाट करिब चार सय मिटर माथिको बरेनेटा बस्तीमाथिको पाँच स्थानबाट एकैसाथ पहिरो खसेको स्थानीयले बताए। ‘राँके सक्रांन्ती भएकोले रोपाइबाट फर्केर लुतो फालेर सुत्दा ११ बजेको थियो,’ बमबहादुर परियारले भने, ‘निधाएर व्यूंझिंदा घर तल पुगिसकेको थियो। भाग्दाभाग्दै छोरो पहिरोमै पुरिएछ। ४ बजे बल्ल थाहा भयो।’

बरेनेटामा सबै बिपन्न परिवारको बस्ती छ। बस्तीमा रहेका २४ मध्ये १३ घर पहिरोले पुरिएको छ। बाँकी ११ घरको पनि चारैतिरबाट पहिरोले घेरिएका कारण सबै स्थानीय लस्ती बजारको स्कुल र पसलहरुमा शरण लिन पुगेका छन्।

लस्ती बजार हुँदै बगेको लस्ती खोलाले कटान गर्दा ८ घर बस्नै नहुने अवस्थामा पुगेको नाङ्लीवाङका वडाध्यक्ष हरिविकास जिसीले बताए। त्यस्तै जलजला ७ धाइरिङको बाँस्कोटमा स्थानीय भिमलाल आचार्यको घर पुरिंदा आचार्यसहित परिवारका ४ जना गम्भिर घाइते भएका छन्। घाइतेमध्ये केहिको टाउको र ढाडमा गम्भिर चोट लागेको प्रहरीले बताएको छ।

बिहान अबेरसम्म वर्षा नरोकिएकोले करिव ९ बजे उद्धार टोली पुगेको थियो। नेपाली सेनाको केबलजंग गुल्म, चण्डिका शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले घाइतेको उद्धार गरि केहिलाई बाग्लुङ, केहिलाई पोखरा पठाएको प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले बताए।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...