Saturday 28th March 2026

डा. केसिको समर्थनमा कर्णाली प्रदेशमा अाजदेखि अोपिडि सेवा बन्द


तितोपाटी – जुम्लामा अनशनरत प्रा.डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली प्रदेशका चिकित्सकले आन्दोलन सुरु गरेका छन् । नेपाल चिकित्सक संघका जुम्ला र सुर्खेत शाखाले सोमबार विज्ञप्तिमार्फत मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन् ।

चिकित्सक संघले केसीले उठाएका माग ३ करोड नेपाली जनताको माग रहेको भन्दै तत्काल वार्तामार्फत समस्या समाधान गर्न माग गरेको छ । ‘सरकारले डा. केसीका माग सम्बोधन गर्न बेवास्ता गरेको छ, विज्ञप्तिमा भनिएको छ, राजनीतिक पार्टीहरू माफियाको चंगुलमा फसेकाले डा. केसीको अनशनलाई राजनीतीकरण नगर्न अनुरोध छ ।’ चिकित्सक संघ सुर्खेतका अध्यक्ष नवराज केसीले प्रदेश राजधानी वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पतालमा पनि मंगलबारदेखि ओपीडी सेवा बन्द गर्ने बताए ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...