Tuesday 13th January 2026

अब नेपाली महिलाहरूलार्इ पनि ब्रिटिस सेनामा भर्ति गरिने


तितोपाटी – बेलायती सेनामा अब नेपाली महिलहरु पनि भर्ती हुन पाउने भएका छन् । आगामी सन् २०२० सम्ममा महिलाहरूलाई पनि भर्ती गर्ने भएको छ । बेलायती रक्षामन्त्री ग्याभिन विलियम्सनले नेपाली महिलाहरूले सर्वोत्कृष्ट ब्रिगेडमा सेवा गर्ने अवसर पाउनु उचित भएको लिखित तर्क गरेकाे बिबिसीले जनाएकाे छ ।

बेलायती सेनामा कार्यरत गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनन्ट जनरल निक पोपले सन् २०२० सम्ममा महिला आवेदकहरूका लागि पनि खुल्ला हुने बताए ।

बेलायती सेनामा नेपालीहरु करिब दुई सय वर्षअघिदेखि सहभागिता जनाए पनि अहिलेसम्म महिलाहरुलाई भर्ती गरिएको थिएन । सेनामा भर्ती हुने महिलाले पुरुषले जस्तै नै कठिन शारीरिक परीक्षाहरूमा उत्तीर्ण हुनुपर्नेछ । भर्ती हुनेको तौल ५० केजी, उचाइ १५८ सेन्टिमिटर (पाँच फुट एक इन्च) बढी, आठ पटक ‘अन्डर्आर्म हीभ’ हुनुपर्नेछ ।

त्यस्तै, आवेदक महिलाहरूले २५ केजी बालुवा डोकोमा बोकेर पाँच किलोमिटर उकालो दौडिनुपर्ने पनि मापदण्ड राखिएको छ । पोखरामा भर्ना प्रक्रिया हुनेछ भने छनोट भएकाले ब्रिटेनको नर्थ योर्कशरस्थित क्याट्रिकमा १० हप्ता तालिम लिनेछन् ।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...