Saturday 28th March 2026

माछा खाएपछि वा खानु अघि दुध कहिल्यै नपिउनुहोस, छालाको रोग लाग्ला !


तितोपाटी – माछा खाएपछि दुध पिउनुहुँदैन भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छ । तर यस्तो किन भनिएको हो, त्यसबारे धेरैलाई थाहा नहोला । के वास्तवमा नै यस्तो गर्न नुहने हो वा यो अफवाहमात्र हो । यदि तपाईं पनि यसबारे द्वीधामा हुनुहुन्छ भने यहाँ यसबारे जानकारी दिइएको छ ।

आयुर्वेदमा माछा खाएपछि दुध पिउनु र दुध पिएपछि माछाको सेवन गर्नु दुबै स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिन्छ । यदि तपाईं पनि माछा खाएपछि दुध पिउनुहुन्छ भने तपाईंलाई ल्यूकोडर्मा हुनसक्छ । यो एउटा छाला रोग हो जसमा साना सेता दाग देखिन्छन् जुन समयसँगै बढ्दै जान्छ ।
आयुर्वेदमा दुधसँग अन्य केही खानेकुरा पनि नखान सल्लाह दिइन्छ ।

– दुधसँगै दहीको सेवन नगर्न सुझाइन्छ । यी दुई एकैपटक खाँदा छाला रोग निम्तिने गर्छ ।

– कटहर खाएपछि र खानुअघि दुध पिउनुहुन्न किनभने दुध र कटहर मिलेर रियाक्सन गर्नसक्छ जसका कारण तपाईंलाई विभिन्न प्रकारको छाला रोग लाग्नसक्छ ।

दुधसँग तिल पनि खानुहुँदैन ।

दुधसँग अमिलो खानेकुराको सेवन हानिकारक मानिन्छ ।

नुन र नुनयुक्त कुनै पनि खानेकुरा दुधसँग कहिले खानुहुँदैन ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...