Wednesday 10th September 2025

झापामा मोटरसाइकलको ठक्करबाट ७ वर्षे बालकको मृत्यु


तितोपाटी – चन्द्रगढीबाट विर्तामोडतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

स३प २७९६ नंको मोटरसाइकलको ठक्करबाट बिर्तामोड– ८ का सात वर्षीय अभिषेख श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिए ।

सडक पार गर्ने क्रममा मोटरसाइकलले बालकलाई ठक्कर दिएको बताइएको छ ।

ठक्करबाट गम्भीर घाइते बालकको भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

प्रतिकृयाहरू
...