Wednesday 10th September 2025

प्यूठानमा जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु


तितोपाटी – प्यूठान जिल्लाको गौमुखी  गाउँपालिका ७ नारिकोटमा  आइतवार साझ  जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बाग्दुलाबाट नारिकोट तर्फ जाँदै गरेको लु १ ज  १७४३  नम्बरको जीप दुर्घटना हुँदा गौमुखी–५ कि  ५५ वर्षीया कन्यादेवी थापा मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक एव प्रहरी प्रवक्ता देवि प्रसाद पौडेलका अनुसार उनको नारिकोट स्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी गौमुखी ५ बस्ने २२ बर्षिया संझना थापा मगर र २ बर्षिया पृयकाँ थापा मगर घाईते भएको प्रहरीले बताएको हो । अन्य ५ जना सामान्य घाईते स्थानिय स्वास्थ्य चौकिमा उपचार पछि घर फर्किएका छन् ।

जिपमा ८ जना यात्रु सवार थिए। रोकिराखेको जीप एक्कासी व्याक भएपछि दुर्घटना भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

प्रतिकृयाहरू
...