Saturday 28th March 2026

डोल्पामा भिरबाट लडेर एक बृद्धको मृत्यु


तितोपाटी – डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भइ डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यापार व्यवसाय गर्दै आएका ५५ वर्षीय प्रेम वादीको लडेर मृत्यु भएको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ ।

बिहान खाना खाएर मादल मोड्न पहाड गाउँतिर गएका उनी साझसम्म नफर्केपछि असार ३१ गते साँझ ८ बजे खोज्दै जाँदा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा पर्ने कामीवाडा नजिकै पाल्च खोला नजिकै मृत अवस्थामा भेटिएको एकै डेरामा बस्दै आएका हरि वादीले बताए ।

प्रहरी चौकीका प्रमुख रोमहर्ष सिजवालले स्थानीय बासिन्दासँगै बस्दै आएका साथीहरुले लडेर मृत्यु भएको बताए पनि घाउचोट केही नदेखिएकाले शव परीक्षणका लागि जिल्ला अस्पताल दुनैमा पठाइएको र मृतकका आफन्त कोही नभएको पनि सिजवालले बताए ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...