Wednesday 10th September 2025

डोल्पामा भिरबाट लडेर एक बृद्धको मृत्यु


तितोपाटी – डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भइ डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यापार व्यवसाय गर्दै आएका ५५ वर्षीय प्रेम वादीको लडेर मृत्यु भएको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ ।

बिहान खाना खाएर मादल मोड्न पहाड गाउँतिर गएका उनी साझसम्म नफर्केपछि असार ३१ गते साँझ ८ बजे खोज्दै जाँदा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा पर्ने कामीवाडा नजिकै पाल्च खोला नजिकै मृत अवस्थामा भेटिएको एकै डेरामा बस्दै आएका हरि वादीले बताए ।

प्रहरी चौकीका प्रमुख रोमहर्ष सिजवालले स्थानीय बासिन्दासँगै बस्दै आएका साथीहरुले लडेर मृत्यु भएको बताए पनि घाउचोट केही नदेखिएकाले शव परीक्षणका लागि जिल्ला अस्पताल दुनैमा पठाइएको र मृतकका आफन्त कोही नभएको पनि सिजवालले बताए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

प्रतिकृयाहरू
...