Tuesday 3rd March 2026

जन्ती बोकेको बस दुर्घटना हुँदा १ जना भारतीय नागरिकको मृत्यु,


तितोपाटी – उदयपुरको त्रियुगा नगरपालिका–६ मा गएराती भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास छन् ।

भारतको फारबिसगन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराती पौँने १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा जिल्ला अस्पतालमा राति नै मृत्यु भएको हो ।

दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजी भइरहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

यदि ईरान ले बेलैमा घुडा टेकेन भने मध्यपूर्वमा क्षेत्रिय युद्ध धेरै टाढा छैन । साईप्रस मा भएको युके को सैन्य…

प्रतिकृयाहरू
...