Saturday 28th March 2026

उदयपुरमा ट्रक दुर्घटना हुँदा चालककै मृत्यु


तितोपाटी – उदयपुरको सिद्धिचरण लोकमार्गमा मालबाहक ट्रक सोमबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी सहचालक घाइते भएका छन्।

सामान बोकेर कटारीदेखि ओखलढुंगातर्फ गइरहेको ना ४ ख ८०७९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा हुँदा चालक कटारी ८ सिरिसेका २८ वर्षीय मोहन तामाङको मृत्यु भएको हो।

लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने कटारी नगरपालिका १४ स्थित भदौरेमा विहान पौने नौ बजे तिर भएको दुर्घटनामा चालकको घट्नास्थलमै मृत्यु भएको कटारीस्थित ट्राफिक प्रहरीले जनाएको छ।

घाइते सहचालक सिन्धुलीको दुधौली नगरपालिकाका पूर्ण सुनुवारको कटारी १४ घुर्मीस्थित मेडिकलमा उपचार भइरहेको छ। सडकबाट लगभग १ सय मिटर तल खसेको ट्रक पुरै क्षतविक्षत हुन पुगेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...