Saturday 28th March 2026

कन्चनपुरमा हत्या गरि गाडिएको अबस्थामा १ युवतीको शब फेला पर्यो


तितोपाटी – कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी एक किशोरीको हत्यापछि शव गाडिएको अवस्थामा फेला परेको छ।

कृष्णपुर नगरपालिका ८ की १७ वर्षिया कविता विष्टको हत्यापछि शव गाडिएको अवस्थामा लालझाडी जङ्गलको खोलामा भेटिएको हो। उनको शव क्षत विक्षत अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ।

६ दिनदेखि घरबाट हराइरहेकी विष्टको शव आइतबार राति खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेट्टीले जानकारी दिए। हत्या गरेर हव खोलामा बालुवा र स्याउलाले छोपेर छोडिएको प्रहरीको अनुमान छ।

शव जनावरले खाएको अवस्थामा हड्डी मात्रै भेटिएको छ। कविताको घरपरिवारले खोजी कार्य गरेपनि प्रहरीलाई भने आइतबार मात्रै जानकारी गराएका थिए। प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्दा स्थानीय एकजनामाथि शंका लागेपछि सोधपुछ गर्ने क्रममा उनले नै शव गाडिएको स्थान बताएका थिए।

निज व्यक्तिलाई नियन्त्रणमा लिएर घटनास्थल पुग्दा किशोरी शव लालझाडीको जङ्गलमा फेला परेको हो।

घटनामा संलग्न रहेको आरोपमा स्थानीय मदन गिरी पक्राउ परेका छन्। उनले बयानमा आफूले सहयोग मात्रै गरेको तर हत्यारा भने भारत फरार भइसकेको बताएका छन्। उनले बयानमा नाम पोलेका व्यक्तिको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। उनी पनि स्थानीय नै रहेको बुझिएको छ।

‘हामीले घट्नाबारे बुझिरहेका छौं’ डीएसपी सेट्टीले भने,‘ एकजना पक्राउ परिसकेको छ, अब घट्नाका बारेमा सबै कुरा खुल्नेछ’।

पोस्टमार्टमका लागि शव लिन प्रहरी टोली त्यसतर्फ गएको छ। हत्या गरिएकी किशोरी स्थानीय प्लस टु कलेजमा अध्ययनरत थिइन्।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...