Thursday 12th March 2026

क्रोएशियाका मोडरिचलार्इ गोल्डेन बल, फ्रान्सका एमबाप्पे उत्कृष्ट खेलाडी


तितोपाटी – रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि २० वर्षपछि फ्रान्सले जितेको छ। आइतबार मस्कोमा क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदै फ्रान्सले दोस्रो पटक उपाधि रक्षा गरेको हो।

फाइनलमा फ्रान्ससँग पराजित हुादै उपविजेता बनेको क्रोएसिया कप्तान लुका मोडरिच प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्।

क्रोएसियालाई पहिलो पटक फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले उत्कृष्ट खेलाडी हुँदै गोल्डेल बल जितेका हुन्। उनले प्रतियोगितामा २ गोल गरेका थिए भने एउटा गोलका लागि पास दिएका थिए।

यस्तै बेल्जियमका एडेन हजार्डले शिल्भर बल पाए भने फ्रान्सका एन्टोनी ग्रीजम्यानले ब्रोन्ज बल जिते।

यस्तै च्याम्पियन फ्रान्सका युवा स्टार किलिएन एम्बाप्पेले बेस्ट योङ प्लेअरको अवार्ड जिते।

विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछिका पहिलो टिनएजर खेलाडी एम्बाप्पे उत्कृष्ट युवा खेलाडी बनेका छन्। यस विश्वकपमा एमबाप्पेले कूल ४ गोल गरे। उनलाई पेलेले बधाईसमेत दिए।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...