Saturday 28th March 2026

सिरहामा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु


तितोपाटी – सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ ब्रह्मपुरी निवासी हरिराम साहको पाँच वर्षीय छोरा अजितकुमार साहको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय बाबाजी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

यस्तै,आफ्नै घरमा बिजुलीको पंखाको तार जोड्ने क्रममा आज बिहान करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाका ५५ वर्षीय सगमलाल महतोको मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि लहानतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...