Wednesday 10th September 2025

सिरहामा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु


तितोपाटी – सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ ब्रह्मपुरी निवासी हरिराम साहको पाँच वर्षीय छोरा अजितकुमार साहको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय बाबाजी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

यस्तै,आफ्नै घरमा बिजुलीको पंखाको तार जोड्ने क्रममा आज बिहान करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाका ५५ वर्षीय सगमलाल महतोको मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि लहानतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

प्रतिकृयाहरू
...