Monday 12th January 2026

एक दिवसिय क्रिकेटमा धोनीको १० हजार रन


तितोपाटी – भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा दश हजार रन पुरा गरेका छन् ।

धोनी जब लर्ड्समा ब्याटिङ गर्न उत्रिए, वनडे करियरमा १० हजार रन पुर्‍याउन उनलाई ३३ रन चाहिएको थियो । २३२ रनको लक्ष्य पछ्याएको भारत भलै ८६ रनले हार्‍यो, धोनीले ४३ औं ओभरमा सिंगल लिएर यो उपलब्धी हात पारे ।

धोनी १० हजार रन बनाउने विश्वको १२ औं र भारतको चौथो ब्याट्सम्यान बनेका छन् ।

उनले ३२० खेलमा यो उपलब्धी पुरा गरेका हुन् । उनले १० शतक र ६७ अर्धशतक बनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...