Monday 12th January 2026

इंगल्याण्डलार्इ हराएर बेल्जियम विश्वकप २०१८मा तेश्रो बन्यो


तितोपाटी – इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम पहिलोपटक विश्वकपमा तेश्रो भएको छ । तेश्रो स्थानका लागि सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा इंग्ल्याण्डलाई २-०ले पराजित गर्दै तेश्रो स्थान बनाउन सफल भयो ।

फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको बेल्जियम र क्रोएसियासँग पराजित भएको इंग्ल्याण्ड दोश्रो पटक आमने–सामने भएका हुन् । खेलको ४ मिनेटमा नै गोल गर्दै म्युनियरले सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफ एक शून्यले अग्रता बनाएको बेल्जियम दोश्रो हाफमा भने निकै दबाबमा आएको थियो । तर, खेलको ९० मिनेटमा हर्जाडले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

इंग्ल्याण्डले बललाई आफ्नो पक्षमा राखेपनि कुनै गोल भने गर्न सकेन र बेल्जियम रुस विश्वकपमा तेश्रो स्थान हात पार्न सफल भयो । अब उपाधिका लागि भने आइतबार लुझिन्की रंगशालामा फ्रान्स र क्रोएसिया आमने–सामने हुँदैछन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...