Thursday 19th February 2026

बलिवुडकी चर्चित मोडल एवं नायिका पुनम पाण्डे काठमाण्डुमा


तितोपाटी – डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भएकी छन् । रुसमा जारी विश्वकप फुटबलको अवसरमा यहाँ आएकी मोडल पाण्डेले आफ्ना फ्यानहरुसँग काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु क्लबमा जवानीको आगो सल्काउने बुझिएको छ ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडेल पुनम पाण्डे फ्यानहरुकाबीचमा रहेर रुसमा जारी विश्वकप फुटबलको फाईनल खेल हेर्ने चाहना राखेकोले उनलाई काठमाडौंमा ल्याइएको जानकारी दिएका छन् ।

सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्नु भएको थियो, यसपालिको विश्वकप फुटबलमा क्रोएिशयाले जितेको खण्डमा के तपाई ‘टपलेस’ हुने हो ?

भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भनिन, ‘त्यो पुरानो प्रसँग हो, मेरो मनसाय यसपालिको विश्वकप क्रोएिशयाले जितोस् भन्ने छ, क्रोएिशयाले जित्यो भने म के गर्छु त्यसको बारेमा जान्नको लागि आइबार राति डेजाभुमा आउनु होला, थाहा पाउनु हुनेछ ।’ उनले अघि थपिन्, ‘म भारतबाट नेपाल आएकी छु, भने पक्कै पनि केही त होला नी ?’

रुसमा जारी विश्व कपका सबै खेलहरु मध्य फ्रान्स र बेल्जियमको राम्रो लागेको बताउदै मोडल पाण्डेले भनिन, ‘बेल्जियमले गोल हान्छ हान्छ जस्तो थियो तर के गर्नु फ्रान्सले जित्यो, बेल्जियमले खेल एक्दम राम्रो खेलेको थियो ।’


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...