Sunday 2nd November 2025

बलिवुडकी चर्चित मोडल एवं नायिका पुनम पाण्डे काठमाण्डुमा


तितोपाटी – डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भएकी छन् । रुसमा जारी विश्वकप फुटबलको अवसरमा यहाँ आएकी मोडल पाण्डेले आफ्ना फ्यानहरुसँग काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु क्लबमा जवानीको आगो सल्काउने बुझिएको छ ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडेल पुनम पाण्डे फ्यानहरुकाबीचमा रहेर रुसमा जारी विश्वकप फुटबलको फाईनल खेल हेर्ने चाहना राखेकोले उनलाई काठमाडौंमा ल्याइएको जानकारी दिएका छन् ।

सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्नु भएको थियो, यसपालिको विश्वकप फुटबलमा क्रोएिशयाले जितेको खण्डमा के तपाई ‘टपलेस’ हुने हो ?

भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भनिन, ‘त्यो पुरानो प्रसँग हो, मेरो मनसाय यसपालिको विश्वकप क्रोएिशयाले जितोस् भन्ने छ, क्रोएिशयाले जित्यो भने म के गर्छु त्यसको बारेमा जान्नको लागि आइबार राति डेजाभुमा आउनु होला, थाहा पाउनु हुनेछ ।’ उनले अघि थपिन्, ‘म भारतबाट नेपाल आएकी छु, भने पक्कै पनि केही त होला नी ?’

रुसमा जारी विश्व कपका सबै खेलहरु मध्य फ्रान्स र बेल्जियमको राम्रो लागेको बताउदै मोडल पाण्डेले भनिन, ‘बेल्जियमले गोल हान्छ हान्छ जस्तो थियो तर के गर्नु फ्रान्सले जित्यो, बेल्जियमले खेल एक्दम राम्रो खेलेको थियो ।’


सम्बन्धित शीर्षकहरु

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा "आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण…

नेपालको आजको जुन स्थिति छ, एउटा अति नै गम्भीर अनि अति नै अप्ठ्यारो स्थितिमा नेपाल उभिएको छ । मलाई लाग्छ,…

यात्री समाज कुवेतले आयोजना गरेको देउसी- भैलो कार्यक्रम ले तिहारको अवसरमा समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत,…

प्रतिकृयाहरू
...