Wednesday 10th September 2025

अछाममा २१ वर्षीय युवकद्वारा ८ वर्षीया बालिका बलात्कृत


तितोपाटी – अछामको साँफेबगर नगरपालिकामा एक ८ वर्षीया बालिकालाई बलात्कृत भएकी छन् ।

बालिकाकी आमा रोपाइ गएको मौका छोपेर २ वर्षे बहिनीकी गोठाली बसेकी ती बालिकालाई पानी माग्ने निहुँमा असार २० गते साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेकाे पीडित परिवारले बताएको छ ।

‘म घरमा बहिनीलाई हेरेर बसेकी थिएँ, घरमा आएर पहिले पानी मागे ,त्यसपछि घर भित्र जाउँ भने म जान मानिनँ । जबरजस्ती तानेर घरको माथिल्लो तलामा लगेका हुन् ।’ पीडित बालिकाले भनिन् ,‘कसैलाई नभन्नु पैसा दिन्छु समेत भनेको हो ।’

भारतमा रहेका बालिकाका बुवा र बाजुरमा रहेका ठुलो बुवाको सल्लाहमा २८ गते मात्र प्रहरीमा जाहेरी गरेको बालिकाकी आमाले बताइन् ।

बालिकाको योनीमा घाउ भएर संक्रमण भएर उपचार भइरहेपनि अवस्था कठिन नभएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । असार २८ गतेबाट उपचारमा रहेकी बालिकालाई थप रगत आवश्यक भएकाले रगत दिइएको स्वास्थ्यकर्मीको भनाइ छ ।

बलात्कारको आरोप लागेका रेवन्तसहितको परिवार भागेर भारत गएको बताइएको छ । अछाम प्रहरीका अनुसार समयमै आफूहरुलाई जानकारी नआएका कारण आरोपी भागेर भारत गइसको बताएको छ ।‘हामीले नेपालभर आरोपीको हुलियासहितको खोजी गरिरहेका छौँ, भारतमा भएपनि थप प्रक्रियामा जानेछौँ ।’ अछाम प्रहरी प्रमुख डिएसपी रुकेश तण्डुकारले भने ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

प्रतिकृयाहरू
...