Sunday 1st February 2026

मोरङमा पोखरी र खोलामा डुबेर २ जनाको मृत्यु


तितोपाटी – पानीमा डुबेर पूर्वोत्तर मोरङमा बिहीबार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा उर्लाबारी नगरपालिका-१ का १९ वर्षीय दीलकुमार लिम्बू र मिक्लाजुङ गाउँपालिका-९ का ७२ वर्षीय वृद्ध भीमबहादुर माझी छन् ।

लिम्बू साथीहरुसँग गाउँ नजिकैको जमेको पानीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

मिक्लाजुङ-९ महेश चोकका भीमबहादुर माझीको स्थानीय राम्री खोलामा डुबेर मृत्यु भएको हो । बिहान घरबाट बाहिर निस्किएका माझीलाई दिउँसो डेढ बजेतिर खोला किनारमा मृत अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...