Sunday 1st February 2026

मनाङमा खोलाले बगाएर रोल्पा थबाङका २ जना वेपत्ता


तितोपाटी – मनाङको नार्पाभूमि गाउँपालिका–४ फू गाउँबाट क्याङ आउँदै गरेका २ जना फू खोलाले बगाउँदा बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार रोल्पाको थबाङ गाउँपालिका–३ का १९ वर्षीय शीतल पुनमगर र २० वर्षीय रमेश बुढामगरलाई खोलाले बगाएको हो । गाउँमा बाटो निर्माण गरी फर्केका दुईजनामध्ये चिप्लिएर लडेका शीतललाई बचाउने प्रयास गर्दा रमेश पनि खोलामा पुगे पछि दुवै लाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

इन्सपेक्टर विनोद श्रेष्ठले घटना मंगलबारको भएपनि बुधबार मात्रै खबर पाएको र सम्भावित स्थानमा खोजीकार्य थालेको बताए । घटनास्थल फू गाउँबाट करीब २ घण्टा र मनाङको चामेबाट करीब २ दिन टाढा पर्छ । बेपत्ताको खोजीका लागि प्रहरी चौकी मेताको सवै टोली खटिएको उनले बताए । मेताको प्रहरी उक्त ठाउँ पुग्न ४ घण्टा लाग्ने प्रहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...