तितोपाटी –
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुमहीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
नारायणघाटबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ९४३८ नम्बरको यात्रुबाहक बस सुनवल नगरपालिका–१२, भुमहीमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा गुल्मी जिल्ला मालिका गाउँपालीका–१, अर्चेङका अन्दाजी ३७ वर्षिय गणेश लम्साल रहेको प्रहरीले जनाएको छ । बस पल्टदा उनको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो भने उनकी अन्दाजी ६ वर्षीया छोरी सुप्रिया लम्साल गम्भिर घाइते भएकी छिन् ।
घाइतेहरु मध्ये १० जना गम्भिर रहेको र उनीहरुको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचार भईरहेको छ । सामान्य घाइतेको भुमहीस्थित रामनगर सामुदायिक हस्पिटलमा उपचार भैरहेको छ ।